सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सल्यानमा पहिरोले तीन घर बगायो, २५ परिवार विस्थापित

सल्यान । वागचौर नगरपालिका ­१२ बाफुखोलामा आएको अविरल वर्षाले ओखरेनी गाउँका २५ घरपरिवार विस्थापित भएका छन् ।

ओखरेनी गाउँमा पहिराको उच्च जोखिममा परेपछि स्थानीयवासी विस्थापित भएर देउपुरीमा रहेको दुर्गा सरस्वती माविमा आश्रय लिइरहेका छन् ।

ओखरेनी गाउँमा तीन घर पहिराले बगाएको र गाउँभरिमा सयौं स्थानमा पहिरो गएकाले स्थानीयवासी घर छाडेर विद्यालयमा बसेका छन् । यही भदौ ३ गते आएको वर्षाले पूरै गाउँमा पहिरो गएको छ ।

अहिले पनि घरभित्रबाटै पानीको मूल फुटेको, घर भासिएको तथा घर वरिपरि पहिरो गएर पुरिने अवस्था भएकाले गाउँले विद्यालयमा बसेको स्थानीयवासी वीरसिंह डाँगीले जानकारी दिए ।

पहिराले विस्थापित भएको यतिका दिन बित्दा पनि राहत नपाएको उनीहरुको गुनासो छ । ‘विस्थापित भएर आएकाहरुसँग न त खाने कुरा छ, न लत्ताकपडा नै ल्याउन पाएका छन् ।

बाफुखोलामा रहेका करिब ५५० घरधुरीमध्ये अहिले ५० प्रतिशतभन्दा बढी पहिराको उच्च जोखिममा छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »