सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्रद्वारा सुर्तीजन्य सामाग्री सामान बरामद

नेपालगन्ज,सशस्त्र प्रहरी बलले बाँकेमा पुनः सुर्तीजन्य सामाग्री बरामद गरेको छ । नेपालगन्जको सशस्त्र प्रहरी बिओपी जयसपुरले भारतबाट भित्रिदै गरेको अवैध सुर्तीजन्य सामाग्री बरामद गरेको हो ।
सशस्त्र प्रहरीको जयसपुर बिओपीका सशस्त्र प्रहरी निरीक्षक नर बहादुर सुनुवार राईको कमान्डमा खटिएको टोलीले नेपालगन्ज १६ को नेपाल – भारत सीमाबाट ३ सय पोका सुपरपावर सुर्ती, १२० पोका बिडी बरामद गरेको हो । साथै टोलीले सोही स्थानबाटैै २ सय ढोली पानको पात समेत बरामद गरेको छ ।
बरामद गरिएको सुपरपावर सुर्ती र बिडीको मूल्य ६० हजार रुपियाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ । यस्तै ४० हजार रुपैयाँ बराबर रहेको २०० ढोली पानको पातलाई नस्ट गरिएको छ ।


सोमबारराती २ बजे बरामद गरिएका सुपरपावर सुर्ती र बिडीलाई नेपालगन्ज भन्सार पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।

यसअघि सशस्त्र प्रहरीले कोरोना भाइरस रोकथामका लागि लागु गरिएको बन्दाबन्दीका समयमा करिब १८ लाख रुपियाँ बराबरको अवैध सुर्तीजन्य सामाग्री बरामद गरिसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »