सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीद्धारा अवैध समान बरामद


नेपालगञ्ज, बाँके सशस्त्र प्रहरीको जमुनहा बिओपीले नेपालगन्जको वडा नम्बर १५ बाट अवैध सामाग्री समानहरु पक्राउ गरेको छ ।

जमुनहा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिवन लाल बुढाको कमान्डमा रहेको ७ जनाको टोलीले बिहान ११ बजे नेपालगन्ज १५ स्थित टंक पसेरी गाउँबाट भारतबाट ल्याउदै गरेको अवैध सामाग्री पक्राउ गरेको हो ।

बाँके सशस्त्र प्रहरीले पक्राउ गरिएको अवैध सामाग्रीमा कसमेटिक्स सामाग्री,मिक्सर, सुर्तीजन्य सामाग्री,पान लगायत हाडवेयरका सामाग्री रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

पक्राउ गरिएका १ लाख १७ हजार बराबर रुपैयाँ रहेको अवैध सामाग्रीलाई थप आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरी सहायक निरिक्षक सन्तोष शर्माले जानकारी दिएका छ्न।

भर्खरै

सम्बन्धित खबर

Language »