सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीद्वारा अवैध सुर्तीजन्य पदार्थ बरामद


नेपालगन्ज, बाँकेको डुडुवा गाउँपालिकाबाट सशस्त्र प्रहरीले बिहिवार करिब डेढ लाख मुल्यको अवैध सुर्तीजन्य पदार्थ बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा रहेको गस्ती टोलीले डुडुवा गाउँपालिकाको वडा नम्बर १ चौफेरी, पाँजाबाट भारतबाट तस्करी गरेर ल्याइदै गरिएको १ लाख ४३ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामन बरामद गरेको हो ।

भारतबाट राप्ती नदि तरेर ३ जना तस्करले बोकेर ल्याउदै गरेको अवस्थामा गस्ती गर्दै गरेको सशस्त्र प्रहरीको टोलीलाई देखेपछि उनीहरुले सुर्तीजन्य सामान फालेर भारत तर्फ भागेको सशस्त्र प्रहरीले जनाएको छ ।

बरामद गरिएको सुर्तीजन्य सामन कमलापसन्द, सुुर्त, बिडि लगायतका सामनलााई आजै नेपालगन्ज भन्सार कार्यालय बुझाएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी बाँकेले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »