सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीद्वारा करिब ४ लाख बराबरको अबैध सुर्तीजन्य सामन बरामद

नेपालगन्ज ,सशस्त्र प्रहरीले बाँकेले डुडुवा गाउँपालिकाको वडा नम्बर १ बाट साढे २ लाख बराबरको अवैध सुर्तीजन्य सामन बरामद गरेको छ ।


सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेबाट सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा रहेको गस्ती टोलीले आज डुडुवा गाउँपालिकाको वडा नम्बर १ खडैैैैैचाबाट भारतबाट तस्करी गरेर ल्याइदै गरिएको २ लाख ४३ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामन बरामद गरेको हो ।


भारतबाट बिहानी समयमा तस्करले बोकेर ल्याउदै गरेको अवस्थामा गस्ती गर्दै गरेको सशस्त्र प्रहरी गाडीलाई देखेपछि तस्करहरुले सुर्तीजन्य सामन छोडेर भारत तर्फ भागेका प्रहरी सहायक निरीक्षक भाटले भने बरामद गरिएको सुर्तीजन्य सामन कमलापसन्द, सुपर पावर सुर्ती, बिडि रहेको उनले बताए ।

त्यस्तै आज सशस्त्र प्रहरीले ४० हजार रुपैयाँ बराबरको अबैध पानको पात समेत बरामद गरि नस्ट गरिएको छ ।


सशस्त्र प्रहरीको गस्तीकै क्रममा आज बिहान नेपालगन्ज वडा नम्बर २३ बाट १ लाख बराबरको अबैध सालको २५ क्वियु फिट गोलिया समेत बरामद गरेको छ ।

बरामद गरिएका सुर्तीजन्य सामग्रीलाई भन्सार कार्यालय बुझाइएको र सालको काठलाई जिल्ला बन कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »