सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीद्वारा सुर्तीजन्य सामग्री सहित ३ वटा मोटर साइकल बरामद

नेपालगन्ज , बाँकेमा सशस्त्र प्रहरीले भारतबाट ल्याउंँदै गरिएको ठूलो परिमाणको सुर्तीजन्य सामग्रीसहित ३ वटा मोटरसाइकल बरामद गरेको छ ।

सशस्त्र प्रहरी बलको नरैनापुर बिओपीका सशस्त्र प्रहरी निरीक्षक खडक बहादुर थापाको कमाण्डको टोलीले नरैनापुर गाउँपालिका वडा नम्बर ३ को रतैया भन्ने स्थानबाट गएराति १ बजे ५ सय ४१ पोका सुपरपावर सुर्तीसहित तस्करीमा प्रयोग भएका तीन वटा भारतीय मोटरसाइकल बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

बरामद गरिएको सुर्तीजन्य सामग्री र मोटरसाइकलको मूल्य १ लाख ८८ हजार ४ सय ४५ रुपैयाँ रहेको सशस्त्र प्रहरीले बताएको छ । बरामद गरिएका मोटरसाइकल र सुर्तीजन्य सामग्रीलाई आबश्यक कारबाहीका लागि आजै नेपालगन्ज भन्सार कार्यालयमा बुझाइने भएको छ।

सशस्त्र प्रहरी बाँकेमा भर्खरै सरुवा भएर आउनुभएका एसपी अशोक बमले तस्करी रोक्न कुनै कसर बाँकि नराखेर काम गर्न निर्देशन दिंँदै आउनुभएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »