सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीले अवैध सामान सहित भारतीय मोटर साइकल बरामद


नेपालगञ्ज, भारतबाट अवैधरुपमा नेपाल भित्रियाइएको विभिन्न सामाग्री सहित सशस्त्र प्रहरीको गस्ति टोलीले मोटर साइकल बरामद गरेको छ ।

सीमा सुरक्षार्थ खटिएको विओपीको गस्ति टोलीले ती सामाग्री बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक जीवनलाल बुढाको कमाण्डमा खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका १५ टंकपसेरी जनिकैबाट विउविजन, सिंचाइका लागि प्रयोग हुने सामाग्री बरामद गरेको हो ।

सशस्त्रको मोवाईल गस्ति टोली देख्ना साथ उनीहरु सामान र मोटरसाइकल छाडेर भागेका थिए । सशस्त्र प्रहरीले यु पि ४० एच ३१९० नम्वरको मोटरसाइकल पनि बरामद गरेको छ । बरामद सबै सामाग्री विहीबार नेपालगन्जभन्सार कार्यालयमा बुझाइएको छ । सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »