सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीले अवैध सुर्तीसहित मोटरसाइकल पक्राउ

नेपालगञ्ज,भारतबाट अवैधरुपमा नेपाल भित्र्याइएको सुर्तिजन्य पदार्थ सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी नायब निरीक्षक पोषण बस्नेत नेतृत्वको टोलीले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २३ भज्जुपुर्वा सुर्तीजन्य सामग्रीसहित एउटा भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको हो ।


मोटरसाइकल बरामद गरिएपनि चालकले मोटरसाइकल छोडेर भागेको नायब निरीक्षक बस्नेतले बताए ।

बरामद गरिएका सुर्तीजन्य सामग्रीमा सुपरपावर सुर्ती ५२५ पोका, कमलापसन्द ५० डिब्बा, तस्करीमा प्रयोग भएको एउटा भारतीय नम्बर प्लेटको पल्सर मोटरसाइकल रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।


बरामदी मोटरसाइकलसहित सुर्तीजन्य सामग्रीको मूल्य १ लाख ५८ हजार १२५ रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गणले जानकारी दिएको छ ।

बरामद गरिएको सामग्रीलाई आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »