सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीले बरामद गर्‍यो ठुलो परिमाणको केराउ

नेपालगन्ज ,सशस्त्र प्रहरीले बाँकेबाट भारततर्फ लैजादै गरिएको ठुलो परिमाणको केराउ बरामद गरेको छ ।

सशस्त्र प्रहरीको कालाबन्जार बिओपीले नेपालगन्जबाट भारतको सिमाबाट पार गराउन तयारी अवस्थामा राखिएको २२ बोरा केराउ बरामद गरेको हो ।

कालाबन्जार बिओपीका सशस्त्र प्रहरी नायब निरीक्षक भिम कठायतको कमान्डमा गएको टोलीले आज बिहान २ बजे डुडुवा गाउँपालिका वडा नम्बर १ को नयाँ बस्तीको नेपाल भारत सिमा नजिकैको जङ्गलमा भारत लग्ने तयारीमा लुकाइराखेको २२ बोरा केराउ बरामद गरेको हो ।

गस्तीमा रहेको सशस्त्र प्रहरीले सिमा जङ्गलमा लाईट बाल्दा सेतो बस्तु टल्किएपछि नजिकै गएर हेर्दा सेतो बोरामा रहेको केराउका बोरहरु रहेको खुलेको हो। बरामद गरिएको २२ बोरा केराउ साढे ५ क्विन्टल रहेको छ ।

बरामद गरिएका केराउलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

त्यस्तै नरैनापुरको गंगापुर बिओपीले पनि गएराती ११ बजे भारततर्फ लैजान भनी लुकाइराखेको ४ बोरा केराउ बरामद गरेको छ। गंगापुर बिओपीका सशस्त्र प्रहरी निरीक्षक बिरेन्द्र जिसीको कमान्डको टोलीले उक्त केराउ बरामद गरेको हो। गंगापुरमा बरामद गरिएका केराउलाई पनि नेपालगन्ज भन्सार बुझाएको छ ।

यसअघि पनि सोही बिओपीका सशस्त्र प्रहरी निरीक्षक जिसीको कमान्डले १५ बोरा केराउ बरामद गरिनेपालगन्जमा भन्सार कार्यालय बुझाइसकेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »