सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरीले बाँकेको नरैनापुरमा मेगाश्री बरामद

नेपालगञ्ज, सशस्त्र प्रहरीले बाँकेको नरैनापुरबाट अवैध रुपमा भारत पठाईदै गरेको मेगाश्री बरामद गरेको छ । सशस्त्र प्रहरीको नरैनापुर बिओपीले भारत जाँदै गरेको ठुलो परिमाणमा मेगाश्री बरामद गरेको हो ।


नरैनापुर बिओपीका सशस्त्र प्रहरी निरीक्षक खडग बहादुर थापाको कमान्डमा गएको टोलीले आज बिहान ३ बजेको समयमा नेपालगन्जबाट भारत तर्फ लैजादै गरिएको ४५० पोका मेगाश्री नरैनापुर ४ सोताबगर सिमानाकाबाट बरामद गरेको हो । साथै सोही स्थानबाटैै नेपाल भित्रीदै गरेको १५० पोका सुपरपावर सुर्ती समेत बरामद गरेको छ।
बरामद गरिएको सुर्तीजन्य सामाग्रीको मुल्य ९६९५० रुपैयाँ रहेको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए । सिमा नाकामा बरामद गरिएको सबै सुर्तीजन्य सामाग्रीलाई नेपालगन्ज भन्सार पठाईएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।
कोरोना भाइरस महामारी समयको लकडाउनमा सशस्त्र प्रहरी बाँकेले करिब १७ लाख बराबरको अवैध सुर्तीजन्य सामाग्री बरामद गरिसकेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »