नेपालगञ्ज, लकडाउनको मौका छोपी सीमानाकामा हुनसक्ने आवञ्छित गतिविधीलाई दृष्टिगत गर्दै सशस्त्र प्रहरीले सतर्कता बढाएको छ । सीमा गस्तीमा तीब्रता दिएको सशस्त्र प्रहरीले ६० हजार मूल्य बराबरको पान बरामद गरेको छ ।
बीओपी कालाबञ्जरबाट सशस्त्र प्रहरी निरीक्षक गोरख भण्डारीको नेतृत्वमा गएको गस्ती टोलीले डुडुवा गाउँपालिका वडा नं. ६ स्थित हजरात सामुदायिक वनबाट दुई सय ढोली अर्थात् २० हजार पात पान बरामद गरेको हो ।
भारतबाट अवैधरुपमा नेपाल भित्र्याउन लागिएको उक्त पान आइतवार जंगलबाट बरामद गरिएको सशस्त्र प्रहरी निरीक्षक भण्डारीले जानकारी दिए ।
सशस्त्र प्रहरीको टोली देखेर तस्करहरु पान छाडेर भागेका थिए । बरामद गरिएको पान खाल्डोमा पुरेर नष्ट गरिएको उनले बताए ।