सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेले , सुर्तीजन्य सामग्री र लागूऔषध सहित एक पक्राउ


नेपालगन्ज , सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी उपरीक्षक अशोक बमले तस्करी बिरुद्ध कडा रुपमा उत्रिएपछि सशस्त्र प्रहरीले धमाधम अवैध सामग्री नियन्त्रण तथा बरामद गर्दै आएको छ ।


अवैध सामग्री नियन्त्रणकै क्रममा बाँकेको डुडुवा गाउँपालिकाबाट सशस्त्र प्रहरीले भारतबाट ल्याउंँदै गरिएको ठूलो परिमाणको सुर्तीजन्य बरामद गरेको छ ।


सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमाण्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर १ टेपरीबाट आइतबार बिहान २ बजे भारतबाट ल्याइदै गरिएको ठुलो परिमाणको सुर्तीजन्य सामाग्री बरामद गरेको सशस्त्र प्रहरी नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।


नेपाली भुमिमा प्रबेश गरेर आउदै गरेका तस्करहरुले सशस्त्र प्रहरीलाई देखेपछि सबै सामाग्री फालेर भारततर्फ फरार भएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

सहायक निरीक्षक भाटको टोलीले बरामद गरेको अवैध सामाग्रीमा ४०९ प्याकेट बिडी, ५०० पोका सुपरपावर सुर्ती, ५० प्याकेट कमलापसन्द,१०० पोका बाटिका चौडी पत्ती र २० डिब्बा युके पान मसाला बरामद गरेको हो ।


सशस्त्र प्रहरीका अनुसार १ लाख ५१ हजार ७६० रुपैयाँ मूल्य रहेको सबै सुर्तीजन्य सामाग्रीलाई आबश्यक कारबाहीको लागि आजै नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
लागूऔषध सहित एक पक्राउ
त्यस्तै सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ ।


गस्तीमा रहेको टोलीले शंका लागेर चेक जाँच गर्दा नेपालगन्ज १६ बस्ने ३० बर्षीय बब्लु कसगटको साथबाट ६० टयाब्लेट नाइटोजन नाम गरेको लागू औषध बरामद गरेको हो ।


लागूऔषधसहित पक्राउ परेका कसगटलाई शनिबारनै ईलाका प्रहरी कार्यालय हिरमिनियामा बुझाएको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »