सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरी बल विओपीद्धारा ९० हजार बढीको अवैध सामाग्री वरामद

नेपालगन्ज, सशस्त्र प्रहरी बल विओपीले नेपालगन्जको टंकपसेरीबाट भारतबाट भिœयाउँदै गरेको अवस्थामा विभिन्न सामाग्री वरामद गरेको छ ।

सशस्त्र प्रहरी नायव निरीक्षण कमल विक्रम रेउलेको कमाण्डमा खटिएको ७ जनाको टोलीले ९० हजार ४ सय बढीको सामाग्री बरामद गरेको छ ।


भारतबाट नेपालतर्फ अवैध रुपले भिœयाउँदै गरेको मोटरसाइकलका पार्टस्, जुत्ता, पेन्ट, कपडा, खाद्यान्न लगायतको सामान नेपालगन्ज १५ टंकपसेरीस्थित दशगजा नजिकबाट बरामद गरिएको सशस्त्रले जनाएको छ ।


बरामद सामान नेपालगन्ज भन्सार कार्यालयमा लाई बुझाइएको छ । सीमानाका सील गरिएपनि अवैध चोरी पैठारी भने रोकिएको छैन् ।

भर्खरै

सम्बन्धित खबर

Language »