सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरी बल विओपी जमुनाह द्धारा डेढ लाख बढीको हजार बढीको अवैध सामाग्री वरामद


नेपालगन्ज, नेपालगन्जको जमुनाहमा रहेको सशस्त्र प्रहरी बल विओपीले भारतबाट अवैध रुपमा भिœयाउँदै गरेको अवस्थामा विभिन्न सामाग्री बरामद गरेको छ ।


सशस्त्र प्रहरी निरीक्षण जिवलाल बुढाको कमाण्डमा खटिएको ७ जनाको टोलीले नेपालगन्ज–१६ जयसपुरस्थित दशगजा नजिक भारतबाट नेपालतर्फ अपैध रुपमा युपी ४० एम ४८६७ नम्वरको मोटर साइकलमा सामान ल्याउँदै गरेको अवस्थामा उक्त सामाग्री बरामद गरेको छ ।

तस्करहरु सामान र मोटर साइकल छाडेर फरार भएका थिए । सशस्त्र प्रहरीका अनुसार कस्मेटिक सामान, कपडा, चप्पल, सूर्तिजन्य पदार्थल र मोटर साइकल सहित करिव १ लाख ५५ हजार ६ सय रुपैयाँ बराबरको बरामद गरिएको जनाएको छ ।

बरामद सामान नेपालगन्ज भन्सार कार्यालयमा लाई बुझाइएको सशस्त्र प्रहरी बल विओपी जमुनाहले जनाएको छ । सीमानाका सील गरिएपनि अवैध चोरी पैठारी भने रोकिएको छैन् ।

भर्खरै

सम्बन्धित खबर

Language »