सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सशस्त्र प्रहरी बाँकेले अवैध सुर्तीजन्य सामाग्री बरामद

नेपालगन्ज ,सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेको गस्ती टोलीले आज भारतबाट अवैध रुपमा बाँकेमा भित्रीदै गरेको ठुलो परिमाणको सुर्तीजन्य सामाग्री बरामद गरेको छ ।

बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर १को रामपुर भन्ने स्थानबाट आज बिहान ४ बजे सुर्तीजन्य सामाग्रीसहित दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको हो ।

मोटरसाइकल बरामद गरिएपनी चालकहरु भागेका थिए ।बरामद गरिएका सुर्तीजन्य सामाग्रीमा सुपरपावर सुर्ती १३ सय पोका, बिडी ३८७ पोका , कमलापसन्द १०० डिब्बा, किशोरीलाल सुर्ती ११ पोका, नेस्ले ३६ डिब्बा र तस्करीमा प्रयोग भएको दुई वटा मोटरसाइकल रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेले जानकारीले जानकारी दिएको छ ।

बरामदी सामाग्रीको मूल्य ३ लाख ६३ हजार ५१५ रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेले जानकारीले जानकारी दिनुभयो । 

कोरोना भाइरस महामारी समयको लकडाउनमा सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेले जानकारीले करिब १४ लाख बराबरको अवैध सामाग्री बरामद गरि सकेको छ ।

बरामद गरिएका सामाग्रीलाई नेपालगन्ज भन्सार कार्यालय ,बाँकेमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेले जानकारीले बताउनुभयो  । 

भर्खरै

सम्बन्धित खबर

Language »