सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ससुराबाट जबर्जस्ती करणी, परिवारकै मिलेमतोमा सुस्मिताको हत्या

मकवानपुरकी सुष्मिता केसी (थापा)को हत्या परिवारका सदस्यले नै गरेको प्रहरीले जनाएको छ । श्रीमानको मृत्युपछि लगातार मानसिक यातना दिंदै आएका परिवारका सदस्यहरुले नै हत्या गरेको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो । गत असार २ गते आफ्नै घरको भान्छामा मृत भेटिएकी सुष्मिताको हत्यामा परिवारका ४ जनाको संलग्नता रहेको पाइएको छ ।मृतक सुस्मिताको ससुरा प्रकाश थापाले जर्बजस्ती करणी प्रयास गरेका थिए । सो कुरा बाहिर आउने डरले उनीहरुले हत्याको बाटो रोजेको पाइएको छ

प्रहरीले जानकारी दिएको घटनाको विवरण अनुसार असार १ गते बेलुकी अन्दाजी ९ बजे मृतक सुस्मिताको परिवारका सदस्यहरु ससुरा प्रकाश थापा, सासु तुलसाकुमारी थापा बेलुकाको खाना खाई भान्छाकोठाबाट आफ्नो सुत्ने कोठातर्फ गएको थिए । खाना खानु अघि ससुरा प्रकाश थापाले मदिरा सेवन गरिसकेका थिए भने मृतक सुस्मिता र नन्द सिता भान्छाकोठामा खाना खाईरहेका थिए ।

सोहि समयमा ससुरा प्रकाशले काठको लौरो लिएर भान्छाकोठामा प्रवेश गरी मृतक सुस्मिताको टाउकोमा पछाडीबाट प्रहार गरेको देखिन आएको प्रहरीले जनाएको छ । ससुराको प्रहार पछि भुईमा लडेकी सुस्मितालाई नन्द सिता थापाले नजिकै रहेको लोहोरो प्रहार गरेपछि गम्भिर घाईते भएकी थिईन् ।

मृतक सुस्मिताका ससुरा र नन्द अर्थात बाबुछोरी मिलेर हत्या भएको कोठमा फुटेका सिसाहरु, विग्रेका भाँडाकुडा मिलाउँछन, भुईमा लागेको रगत सफा गर्छन र भित्रबाट चुकुल लगाएर आफुहरु झ्यालबाट निस्केर आत्महत्या जस्तो बनाउने प्रयास गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीको भनाईछ 

भर्खरै

सम्बन्धित खबर

Language »