सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सहकर्मी कडायतको शोकमा समावेशी प्यानलका उम्मेदवार घरदैलो रोकेर मलामी पुगे

नेपालगञ्ज ,नेपालगन्ज घरवारीटोलस्थित कमल टे«र्डसका सन्चालक युवा व्यवसायी भरत कडायतको निधनले बाँकेका उद्योगी, व्यवसायीलाई स्तब्ध बनाएको छ ।

सक्रिय व्यवसायी कडायतको सोमवार निधन भएको थियो । उनको मंगलवार बर्दियामा अन्त्येष्टि गरिएको छ ।

कडायतको निधनले शोकमा रहेका समावेशी प्यानलका उम्मेदवारले नेपालगञ्ज उद्योग वाणिज्य संघको माघ ११ गते हुने निर्वाचनका लागि मंगलवार प्रचार, प्रसार र घरदैलो अभियान रोके ।

अध्यक्ष पदका उम्मेदवार अब्दुल वाहिद मन्सुरी चुन्ना लगायत सम्पूर्ण उम्मेदवार बर्दियामा मलामीमा पुगे ।

अध्यक्ष पदका उम्मेदवार अन्सारीले कडायतको निधन अकल्पनीय भएको बताउनुभयो ।

उहाँको निधनले बाँकेको निजी क्षेत्रले सफल र युवा व्यवसायी गुमाएको चुन्नाले प्रतिक्रिया दिनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »