सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सहयोग दाताहरुकै कारण मानविय समबेदनामा साथ दिन सकेको हो : मानवको लागि मानव अभियान

काठमाण्डौ ।   कोरोना भाईरस कोभिड -१९ को कारण मारमा परेका  अस्पतालका बिरामी कुरुवा ,अति बिपन्न परीवार ,सडक मानव ,फ्रण्ट लाईनमा रहेर कार्य गर्ने स्वास्थ्यकर्मी तथा दिन भर बाटोमा खटीएका सुरक्षाकर्मी को सेवागर्ने उदेश्यले  संचालन गरीएको कार्यक्रमले आज १८ औं दिन पुरागर्दा यसको महत्व अझ बढिरहेको अभियानका अभियन्ता हरु बताउछन्।

केहि दिन अगाडीसम्म शुरक्षाकर्मी हरुलाई  पिउनेपानी र नास्ता को प्रवन्ध गर्दै अति बिपन्न परीवार तथा सडक मानव हरुलाई निशुल्क भोजन को मात्र ब्यबस्था गर्दै आईरहेको अभियानले हाल पिडीत र स्थानिय जनप्रतिनिधि हरुलाई संपर्क गराउदै स्थानिय सरकारको आम नागरिक प्रतिको जिम्मेवारी समेत बोध गराउने  कार्य गरीरहेको र  स्थानिय सरकारले हामि केहि गर्न सक्दैनौ भनेको  ठाउँमा बिभिन्न दाताको पहलमा आफैले समेत खाध्यान्न बितरण गरेको अभियान का आर्थिक तथा प्रशासन बिभाग प्रमुख ,शान्ति नेपालका अध्यक्ष दिपेन्द्र ढकालले बताएका छन्।

अभियानको कार्य देखेर सहयोगी हातहरुपनि बढ्दै गएको ले आगामि दिन हरुमा अझ परिष्कृत ढंगबाट अगाडीबढ्ने योजना बनिरहेको आयोजक सदस्य लिला खनाल , राज क्षितिज , उषा सिंखडा ,च्याङ्बा तामाङ्ग, सविना दाहाल चौलागाई,सरस्वति काफ्लेले जानकारी गराएका छन् ।

अभियानको सफलताको कामना  गर्दै बिश्वनाथ मिश्र स्मृति प्रतिस्ठान सु न पा १ सिरुटार ले आज सिरुटार प्रहरी प्रभाग र भुमें ऑनलाइन टिभी मार्फत मानवको लागि मानव अभियानका आभियानकर्ताहरुको लागि प्रहरी प्रभागको प्रांगणमा , बालकोट युवा समाजका अध्यक्ष रबी राणा,प्रतिस्ठान का अध्यक्ष सूरज मिश्र, कोषा अध्यक्ष म उत्तम खत्री, सु न पा २ का वड़ा सदस्य एबम प्रतिस्ठान का सदस्य सुबाशकुमार कार्की, प्रहरी प्रभाग बालकोटका प्रमुख प्रकास बगाले मिश्रका छोरा घननाथ मिश्र लगाएत प्रतिस्ठान का सदस्य साथीहरूँ एबम समाज सेबी हरूँको उपस्थिति मा स्वास्थ्य सामग्री ( पि पी इ ,मास्क, सेनिटाइज़र, फ़ेस सील्ड) प्रदान गरेको छ ।

नाता बेकरी एन्ड डेरीले सुरक्षाकर्मीलाई निरन्तर बेकरी आईटम खुवाउने कार्यक्रमलाई प्रायोजन गरिरहेको छ , आफ्नो प्रबाह नगरी फ्रन्टलाईनमा रहेर खटिरहेका सुरक्षाकर्मी सम्मान स्वरुप जुस, पानी र नास्ता खुवाउने कार्यमा  नाता बेकरी एन्ड डेरीका संचालक टिकाराम खड्का आफैं फिल्डमा खटेर कार्य गरीरहेका छन्।

यूवा नेता, वाईसियल का पूर्व केन्द्रीय सचिव तथा सामाजिककाम मा सक्रिय मनका धनि सुबित ढुंगाना ले मानवका लागि मानव अभियान सहयोग गर्ने प्रतीबद्धता जनाएका छन् ।

कामपा वडा नं ९ को एक बस्तिमा स्थानिय जनप्रतिनिधि केहि गर्न सकिदैन भने पछि मानवका लागि मानव अभियान को पहलमा चन्द्रागिरी नपा १२ कि मोनिका बस्नेतद्वारा त्यहा रहेको ३६ परीवार १२०जनालाई केहि दिन पुग्ने खाध्य सामग्री बितरण भएको छ ।

सामाजिक अभियन्ता मनिष मानव को सकृयता मा पुर्ब एआईजी डा। ठाकुर मोहन श्रेष्ठ, जिआरएस कम्पनि का गोबिन्द सर र रमेश सरको पहलमा अभियानको सफलताको कामना गर्दै केहि खाध्य सामाग्री  प्राप्त भएको छ ।

चर्चित नायिका तथा मोडल रिया श्रेष्ठले आज “मानवका लागी मानव अभियान” खाध्य सामाग्री प्रदान गरी अभियानमा सहयोग गर्दै सहकार्य गर्ने भएकी छिन् ।

अभियानमा अ मेरिका निवासि पुर्व शसस्त्र प्रहरी वरिष्ठ उपरीक्षक  शम्भु उप्रेती ,बरीष्ठ अधिबक्ता तथा समाज सेवि रेवती प्रसाद दाहाल ,युवा अभियन्ता सुमन मगर ,समाजसेवि हरी गीरी ,एन के चौधरी ,राष्ट्रीय महिला मंचकी सबिना  के सि ,बुढानिलाकण्ठ निवासि ङवाङ दोर्जे शेर्पा ,धापसि निवासि श्याम बहादुर थापा ,ले समेत आर्थिक र  भौतिक सहयोग सहयोग  गरेको अभियान  का संयोजक हेमबहादुर खड्का ( राज ) ले बताए  ।

दैनिक १५० देखि ३०० जना सम्म लाई खाना खुवाउँदा पनि सबै स्वयंसेवि हातहरुले मात्र काम  गरीरहेको र ब्यबस्थापन लाई चुस्त बनाउन त्यहि किसिमको सिस्टम  बनाईएकोले केहि प्राबिधिक पक्ष बाहेक खासै अफ्ठ्यारो नपरेको  कार्यक्रम का प्राबिधिक तथा ब्यबस्थापन संयोजक डि बि पराजुली बताउछन्।

अभियानलाई सहयोग  गर्ने सबैलाई सम्मान  गर्दै अभियानको  पेजमार्फत प्रतेक दिनको कार्ययोजना सार्वजनिक गर्नेगरेको संचार संयोजक मन्दिरा शर्मा पौडेल ले जानकारी गराएकि छिन्।

अभियान ले निकट भबिष्यमानै स्थानिय सरकार  संग सहकार्य गरी नयाँ कार्ययोजना बनाउन लागेको जनाएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »