सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

‘सहिद धर्मभक्त माथेमा पार्क’ निर्माण

काठमाडौँ । नागरिक अधिकारका लागि जहाँनिया राणा शासक विरुद्ध संघर्षका क्रममा सहादत प्राप्त गर्नुभएका धर्मभक्त माथेमाको सम्झनामा ‘सहिद धर्मभक्त माथेमा पार्क’ निर्माण भएको छ । काठमाडौँ महानगरपालिका वडा नम्बर–२३ ओमबहालमा निर्माण भएको आज महानगरका प्रमुख एवं सहिद सप्ताह मुल समारोह समितिका संयोजक विद्यासुन्दर शाक्यले अनावरण गर्नुभयो । सहिद सप्ताहको अन्तिम दिन माथेमाको पुख्र्यौली घर रहेको ओमबहालमा उहाँको सम्झना चीरकालसम्म पु¥याउन पूर्ण कदको शालिकसहित पार्क निर्माण भएको हो । शालिक महेश तुलाधरले ८ लाख लागतमा तयार पार्नु भएको हो भने शालिकसहित पार्क निर्माणको लागत करीब ६५ लाख रुपैयाँ रहेको छ ,

शालिक अनावरणपछि सम्वोधन गर्दै मेयर शाक्यले शालिकबाटै सहिदहरुलाई चिन्न सकियोस् भनेर चारै सहिद (धर्मभक्त माथेमा, शुक्रराज शास्त्री, दशरथ चन्द र गंगालाल श्रेष्ठ)को शालिक निर्माण गरेको बताउनुभयो । ‘राम्रो काम गर्ने मानिस समाजमा सधैँ जीवित रहन्छन्, मेयर शाक्यले भन्नुभयो, ‘काठमाडौँ महानगरपालिकाले पनि चारै जना सहिदको सम्झनामा उहाँहरुलाई मृत्युदण्ड दिएका स्थानमा चार ओटा शालिक बनाएको छ । यहाँ धर्मभक्तको टोलमा पनि महानगरपालिकाले उहाँको सम्झनामा पूर्णकदको शालिकसहित पार्क निर्माण गरेको हो ।’

मेयर शाक्यले सहिद धर्मभक्तकै सम्झनामा बुढानिलकण्ठ नगरपालिकाको बुढानिलकण्ठमा सहिद धर्मभक्त मानव सेवा आश्रम भवन’ निर्माण गर्ने तयारीमा रहेको बताउनुभयो । उहाँले आश्रमको बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार हुँदै गरेको जानकारी दिनुभयो । सहिद गंगालालको सम्झनामा गंगालाल हृदय केन्द्रमा अक्सिजन प्लाण्ट राख्न महानगरपालिकाले सम्झौता गरिसकेको छ । उहाँले थप्दै भन्नुभयो — वृद्धवृद्धाका लागि मनोरञ्जन पार्क बनाउने, हरियाली प्रर्वद्धन गर्ने जस्ता कुरामा पनि महानगर लागेको छ ।

कार्यक्रमस्थलमै भेटिनु भएका पूर्वमन्त्री तथा महानगरका तत्कालीन उपसभापति प्रयागराज सिंह सुवालले काठमाडौँ महानगरपालिकाले सहिदहरुको सम्झनामा प्रशंशा योग्य काम गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । ‘धर्मभक्तको घर मेरो घर भन्दा दक्षिणतर्फ थियो । मेरो घरबाटै उहाँको घर देखिन्थ्यो,’ उहाँले विगततिर फर्किदै भन्नुभयो, ‘आज मेरै टोलमा धर्मभक्तको सम्झनामा पार्क बन्दा बढो खुशी लागेको छ । धर्मभक्तको शालिक मात्र बन्ने भन्ने कुरो थियो । अहिले पार्कसहित नै उहाँको शालिक गजधुम्म परेर मेरो टोल अघि उँभिदा गर्वले मेरो छाती ढक्क फुलेको छ ।’ उहाँले आपूm सानो छँदा टोल नजिकै धर्मभक्तले जिम सिकाउने गरेको स्मरण गर्दै त्यतिबेला पर्खाल चढेर हेरेको पनि सम्झना गर्नुभयो । ‘काठमाडौँ महानगरपालिकाले गरेको यो कामले टोलबासी सबै खुशी भएका छन्,’ उहाँले भन्नुभयो ‘म मेयरज्यू र वडाध्यक्ष मचाराजा भाइलाई धन्यवाद भन्न चाहन्छु ।’

त्यसो त धर्मभक्तका भतिजा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले पनि माथेमा परिवारका लागि सबै भन्दा खुशीको पल भएको बताउनुभयो । ‘हुँदै नहुनु भन्दा ढिलै भए पनि भएको राम्रो,’ उहाँले महानगरपालिकाको पहलमा पूर्णकदको शालिक निर्माण भएकोप्रति संकेत गर्दै भन्नुभयो, ‘सहिदहरुको सम्झनामा ८० वर्षपछि भए पनि यसरी शालिक बन्नु सकारात्मक संकेत हो । महानगरपालिकालाई यो कामका लागि धन्यवाद भन्न चाहन्छु ।’ माथेमाले राणा विरोधी संघर्षको ‘इपिसेन्टर’ नै ओमबहाल भएको भन्दै यस्तो गौरवपूर्ण इतिहास बोकेको स्थानमा माथेमाको सम्झनामा शालिक र पार्क बनेकोमा पनि खुशी व्यक्त गर्नुभयो । ‘यहाँ सहिदको सम्झनामा पार्क मात्र बनेको छैन,’ उहाँले भन्नुभयो ‘महानगर भित्रका खाली ठाउँको सदुपयोग गर्ने सकारात्मक प्रयास पनि भएको छ ।’ उहाँले अरुतिर पनि सार्वजनिक जग्गा खोजेर यस्ता पार्कहरु निर्माण गर्न सुझाव दिनुभयो । इतिहास बोकेको यस्तो स्थानमा शालिक र पार्क बन्दा टोलवासी उत्साहित भएको उहाँको भनाइ थियो ।

अनावरण कार्यक्रममा वडाध्यक्ष मचाराजा महर्जनले पार्कसहितको शालिक निर्माण गर्न करीब ६५ लाख खर्च भएको बताउनुभयो । ‘हामीले यो पार्कलाई केही नयाँपन दिएका छौँ,’ उहाँले भन्नुभयो, ‘९ आना २ पैसा जमिनमा निर्माण भएको शालिक र पार्क निर्माण गर्दा गर्दा मौलिकतालाई पनि ध्यान दिएका छौँ ।’ पार्कमुनि ३० हजार लिटरको पानी ट््याङ्की राखेको भन्दै विपद्का बेला त्यहाँको पानी विना दमकल एक किलोमिटर टाढाँसम्म ५–६ तलासम्म पु¥याउन सकिने उपकरण जडान भएको जानकारी दिनुभयो । ‘हामीले शालिकलाई अष्ट मंगलमाथि राखेका छौँ,’ उहाँले भन्नुभयो, ‘शुभकार्यका लागि अष्ट मंगल शुभ मानिन्छ । त्यसैले हामीले शालिक पनि त्यसैमाथि राखेका हौँ ।’

माथेमालाई माघ १३ गते सिफल उकालो बकाइनाका रुपमा झुण्ड््याएर मृत्युदण्ड दिइएको थियो । उहाँ वि. सं. १९६६ साल आश्विन ९ गते पिता सुब्बा आदिभक्त र माता चन्द्रकुमारी देवीको कोखबाट काठमाडौंको ओमबहालमा जन्मिनु भएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »