सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सहिद नागेश्वरका परिबारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाँकेका युवानेताहरुद्धारा खाद्यान्न सहयाेग

जित शेष
नेपालगन्ज,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाँकेका नेताहरुले सहिद परिबारलाई खाद्यान्न सहयाेग गरिएको छ ।

बाँके जानकी गाउँपालिका वडा नं ३ का बन्जारेगाउँका शहिद परिबार नगेश्वर रैदासका परिबारलाई नेकपाका नेता डम्बर बहादुर बिक तफुानको टिमले राहत उपलब्ध गराएको हो ।
सहिद नागेश्वर रैदासको परिबारलाई खाद्यन्न लगायतको सामाग्री उपलब्ध गराएको नेकपाका नेता डम्बर बिक तुपाmनले जानकारी दिए । तुफानका अनुसार नागेश्वर १० बर्षे जनयुद्धमा सहिद भएका थिए ।

लामो समय लकडाउनका कारण सहिद नागेश्वर रैदासको परिबारलाई खाद्यन्नको अभाव भइरहेको बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ५ न. प्रदेश कमिटी सदस्य बाँके क्षेत्र न.३ का सह इन्चार्ज डम्बर बहादुर बि क तुफान बाँके नेकपा जिल्ला कमिटी सदस्य लक्षराम बर्मा, नेकपा जानकि गाउपालिका कमिटी सचीव राष्ट्रिय युवा संघ नेपाल बाँकेका युवा नेता जीत शेष, २ का वडा अध्यक्ष चन्द्र्भाल गुप्ता , नेकपा जानकि वार्ड ३ का पार्टी सयोजक हुसेनी यदव लगायतको टिम गएर सहयोग गरेका थिए ।

राहत माग्न जाँदा हप्काउँछन जानकी गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष बर्मा

बाँके जानकी गाउँपालिकाका एक वडा अध्यक्षले राहत माग्न जाँदा वडा अध्यक्षले हप्काउने गरेको नागेश्वरी रैदासको परिबारले जनाएको छ ।

वडा अध्यक्ष बिन्दु स्वारी बर्माले तिमीहरू त माओबादी हो उतै माओबादीसंग राहत माग भनेर हप्काउछन नागेश्वरी रैदास की श्रीमतीले गुनासो गरिन । कोरोना महामारीको बेला उनिहरु राहतको कुरा गर्न बेलाबेला वडा कार्यलय पुग्छन तर वडा अध्यक्ष बर्माले हप्काउने गर्छन उनले भनिन् ।

वडा अध्यक्ष बर्मा नेपाली काँग्रेशबाट निर्वाचित भएका हुन । (कुसेन्यूजबाट साभार)

भर्खरै

सम्बन्धित खबर

Language »