सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साँढे घिसारेको गलत हल्ला फैलाएको भन्दै मेयर इश्तियाक अहमद खाँको पत्रकार सम्मेलन

बुटवल । लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिकामा छाडा पशु (साँढे) लाई कान्जी हाउसको अस्थाई होल्डिङ सेन्टरमा लैजाने क्रममा साँढेलाई घिसारेर लगेको सामाजिक संजालमा मेयर इश्तियाक अहमद खाँको विरुद्धमा विभिन्न टिकाटिप्पणी भएपछि पत्रकार सम्मेलन गरी मेयर खाँले गलत हल्ला फैलाएको भन्दै सिसि क्यामराको फुटेज सार्वजनिक गरेको छ ।

पौष २० गते नगरपालिकाका कार्यलयको प्राङ्गण भित्रै चार दिनसम्म व्यवस्थित गरी राखिएको साँढेलाई अस्थाई कान्जी हाउससम्म लैजानै क्रममा साँढेलाई घिसारेर लादै गरेको फोटो सार्वजनिक भएको थियो । फोटो सार्वजनिक भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष कमल थापाले स्टाटस लेखि विरोध गरेका छन् । सिद्धार्थ नगरपालिकामा मात्रै नभएर सामाजिक संजालमा चौतर्फी विरोध भईरहेको छ भने केही नागरिक संघ सस्थाले नगरपालिकामा पुगेर ज्ञापन पत्र बुझाएको छ ।

चौतर्फी विरोध भएपछि मेयर इश्तियाक अहमद खाँले पत्रकार सम्मेलन गरी सामाजिक संजालमा हल्ला भए जस्तो नभएको भन्दै पत्रकार सम्मेलन मार्फत यसरी विज्ञप्ती जारी गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »