सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सांगठानिक आत्मियता बढाउन वनभोज कार्यक्रमले महत्वपुर्ण भुमिका निर्वाह गर्यो: मोहन कटुवाल

काठमाडौं । यो मौसमनै बिभिन्न किसिमका मनोरन्जनमा सरिकहुने मौसम हो । आफ्ना मातहतमा रहेका सबै समितिहरु र व्यवसायीहरुलाई समेत एकै ठाउँमा भेलागरि नवनिार्वचित पदाधिकारीहरुलाई बधाई, शुभकामना दिन ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालले एक बृहत वनभोज कार्यक्रमको आयोजना गरेको थियो ।
गोदावरीको नौधारा पिकनिक स्पोर्टमा गरिएको यो कार्यक्रममा काठमाडौंका ग्रील तथा स्टील व्यवसायी महासंघमा आवद्ध नवनिर्वाचित १४ वटा इकाई २ वटा क्षेत्र तथा जिल्ला कार्यसमिति,ललतिपुर र भक्तपुर जिल्ला कार्यसमिति, ललितपुरको इमाडोल सानागाउँ इकाई र मकवानपुर जिल्लाका पदाधिकारीहरुलाई ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको तर्फबाट खादा ओढाएर बधाई तथा शुभकामना दिईएको थियो ।
ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवाल को प्रमुख आतिथ्य र प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठको शभापतित्वमा भएको कार्यक्रम महासंघका उपाध्यक्ष केदार अधिकारी र महासचिव बिबेकदास श्रेष्ठले संचालन गर्नुभएको थियो ।
कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष निरन्जनकुमार श्रेष्ठले आफ्नो शुभकामना मनतव्य राख्नुभएको थियो भने प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठले सबै आगन्तुकहरुलाई स्वागत मनतव्यबाट स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बधाई तथा शुभकामना मनतव्य राख्दै ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले विश्वव्यापिरुपमा असर गरेको कोरोना र त्यसको प्रभावमा भएको आर्थिकमन्दिको कारण आम व्यवसायीहरु एकैठाउँमा बसेर दुख सुखका भलाकुसारी गर्न नपाईरहेको अवस्थामा महासंघले आयोजना गरेको यो वनभोज कार्यक्रमले आम व्यवसायीहरुको मन जोड्ने काम गरेको बताउनुभयो ।
इकाईको सदस्य देखि जिल्लाको अध्यक्ष सम्म र व्यवसायी देखि व्यवसायीका परिवार सम्मलाई एकै ठाउँमा भेलागरेर रमाईलो गर्नपाउनु आफ्नो लागि सुखद क्षण भएको अध्यक्ष कटुवालले बताउनुभयो ।
घरपरिवारले साथ सपोर्ट नगरे संस्थालाई माथि उठाउन नसकिने भन्दै कार्यक्रममा महासंघका पदाधिकारीहरुको श्रीमतिहरुलाई समेत परिचय तथा सम्मान गरिएको थियो ।
कार्यक्रममा गायीका मन्जु गौतम,आशा लामा, गायक यादव श्रेष्ठ तथा नृत्यङ्गना सोनिया घिमिरे र मनिषा परियारको प्रस्तुतिले उपस्थित सबैलाई मनमोहक बनाएको थियो ।
कलाकारहरुले गित गाउँदा संघ तथा महासंघका प्रतिनिधिहरुले नाँचेर रमाईलो गर्नुभएको थियो ।
यो कार्यक्रमको संयोजक प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ हुनुहुन्थ्यो भने आर्थिक बिभागमा उपाध्यक्ष केदार अधिकारी हुनुहुन्थ्यो । कार्यक्रम सफलबनाउन महत्वपुर्ण भुमिका निर्वाहगर्ने टिमका सबै प्रतिनिधिहरुलाई संयोजक ठुलोबाबु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »