सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सांसदसँग सम्वाद ः स्वास्थ्य सामाग्रीको पहल गर्ने बाँकेका सांसदको प्रतिवद्धता


नेपालगज, बाँकेका सांसदहरुले कोरोना(कोभिड–१९)को स्वास्थ्य परिक्षणको दायरालाई बढाइनु पर्ने भन्दै आवश्यक स्वास्थ्य सामाग्रीको पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

नेपालगञ्जमा एक जनामा कोरोना संक्रमण देखिएपछि बाँकेका जनप्रतिनीधीहरुले तत्काल कोरोना परिक्षणको प्रक्रियालाई सहज र व्यापक बनाइनु पर्ने भन्दै आवश्यक सहजीकरणका लागि थप तत्परता देखाएका हुन् ।
विभिन्न राजनीतिक दलको समेत प्रतिनीधीत्व गर्ने सांसदहरुले कोरोना परिक्षणलाई प्रभावकारी बनाउन चाहीने आवश्यक स्वास्थ्य उपकरण÷सामाग्रीको उपलब्धताका लागि साझा पहलकदमी लिइने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

सम्वाद समूह बाँकेको पहलमा शनीबार गरिएको संघीय एवं प्रदेश सांसदहरुसँगको भिडीयो सम्वादमा सो प्रतिवद्धता व्यक्त गरिएको हो ।


सम्वाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाइद्धारा सहजीकरण गरिएको अन्तरक्रियात्मक भिडीयो सम्वादमा कोरोना जोखीम न्यूनीकरणका लागि गर्नु पर्र्ने पहल र सतर्कता, सरोकार पक्षसँगको समन्वय र सहकार्य तथा जनप्रतिनीधीको अबको भूमिकामा केन्द्रीत रहेर अनलाईन भिडीयो कल गरिएको हो ।
कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सांसदहरुले पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसकिरहेको गुनासो आइरहेका बेला उनीहरुले कोरोना परिक्षणलाई व्यापक र प्रभावकारी बनाउन आवश्यक स्वास्थ्य सामाग्रीका लागि स्वास्थ्य मन्त्रालय लगायतका निकायमा पहल गर्ने जनाएका हुन् ।

संक्रमित व्यक्तिको घरपरिवार, उनीसँग सम्पर्कमा आएका व्यक्ती तथा आउजाउ गर्ने स्थान र थप जोखीम क्षेत्रमा पनि स्वाव संकलन गरिनुपर्ने भन्दै उनीहरुले ¥यापीड टेष्टलाई बढाइनु पर्ने आवाज उठाएका छन् ।


संघीय सांसद एवं पुर्व शहरी विकास मन्त्री मो इस्तियाक राईले काठमाडौंमा उपलव्ध सांसदहरु मीलेर पीसीआर जाँचका लागि किट, भिटीएम, पीपीई, एन ९५ मास्क लगायत अत्यावश्यक सामाग्री उपलव्धताका लागि पहल गर्ने बचनवद्धता व्यक्त गर्नु भयो ।

नेपालगञ्ज क्षेत्रको प्रतिनीधीत्व गर्नु हुने राइले नगर क्षेत्रलाई उच्च जोखीम घोषणा गरेर सरकारले प्रभावकारी परिक्षणको व्यवस्था मिलाउनु पर्ने माग गर्नु भयो ।
संघीय सांसद महेश्वर गहतराज९अथक०ले बाँकेमा कोरोनाको थप जोखीम बढ्न नदिन केन्द्र सरकारसँग हर सम्भव पहल गर्ने विश्वास दिलाउनु भयो । कोरोना संक्रमणले चिन्तीत तुल्याएपनि अनुशासीत भएर लकडाउनलाई प्रभावकारी बनाउनु पर्नेमा उहाँको जोड थियो ।
प्रदेश सांसद सुरेन्द्र हमालले कोरोना संक्रमणबाट जोगीन र जोगाउन सचेतनासँगै स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको मनोवल बढाउने बातावरण बनाइनु पर्ने बताउनु भयो । भिडभाड बढी हुने स्थानमा स्यानी टाइजर टनेल निर्माण गर्नु पर्ने पनि उहाँको राय थियो ।
प्रदेश सांसद आइपी खरेलले आपसी समन्वय र सहकार्यलाई बढाउने भन्दै तरकारी खाद्य, तरकारी लगायत अत्यावश्यक वस्तु आपुर्ती व्यवस्थापनलाई पनि ध्यान दिनु पर्ने बताउनु भयो ।

प्रदेश सांसद कृष्णा केसी(नमूना)ले कोरोना रोकथाम र नियन्त्रणका लागि जनशक्ति परिचालन र स्वास्थ्य सामाग्रीको उपलव्धतालाई ध्यान दिनु पर्ने आवश्यक्ता औल्याउन ुभयो । स्थानीय प्रशासन, स्थानीय सरकार र प्रदेशसरकारबीचको समन्वय र सहजीकरणमा पनि आफुले पहल गर्ने प्रतिवद्धता जनाउनु भयो ।
सांसद मो याकुव अन्सारीले कोरोना जात, धर्म र क्षेत्र हेरेर लाग्ने नभई लापरवाहीले लाग्ने हुनाले अनुशासित हुन आह्वान गर्दै सामाजिक सदभाव सुदृढीकरणमा जुट्न पनि सबैमा अपील गर्नु भयो । सम्वाद समूह बाँकेले यसअघि सरकारी निकाय, स्थानीय सरकार प्रमुख, राजनीतिक दल लगायत सरोकार पक्षसँग आवश्यक सम्वाद गरिसकेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »