सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सांसदहरुद्वारा अयोध्याबारे सत्यतथ्य सार्वजनिक गर्न माग

काठमाडौँ । भगवान रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदीय समितिमा पनि प्रवेश पाएको छ ।

बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सो विषयले प्रवेश पाएको हो ।

सांसदहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्ने माग गरेका छन् ।

नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रुपमा लिन नहुने बताए ।

कांग्रेसकै सांसद पुष्पा भुसालले अनुसन्धान र सत्यतथ्य प्रमाणित नभइ प्रधानमन्त्रीले रामराज खोलेपछि अहिले मिडियामा बहस सुरु भएको बताइन् ।

त्यस्तै नेकपाका सांसद नारदमुनि रानाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको बताए ।

त्यस्तैगरी नेकपाकै सांसद सरलाकुमारी यादवले प्रधानमन्त्रीले कुरा उठाएपछि त्यसलाई पुरातत्व विभागले उत्खनन गर्दै अध्ययन अगाडि बढाउनुपर्नेमा जोड दिइन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तिको दिन रामको जन्म भुमि अयोध्या नेपालकै ठोरीमा पर्छ भनेर अविव्यक्ति दिएका थिए।

भर्खरै

सम्बन्धित खबर

Language »