सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सांसद हमालद्धारा क्वारेन्टाइन निरिक्षण, अझैं सुधार गर्नु पर्ने आवश्यक्ता


नेपालगञ्ज, कोरोना संक्रमीतको संख्या बढेर थप आइसोलेशनको आवश्यक्ता भइरहेका बेला बाँकेमा सञ्चालित क्वारेन्टाइन अझैं व्यवस्थित हुन नसकेको पाइएको छ ।

स्थानीय तहले अधिकांस विद्यालयमा नै क्वारेन्टाइन बनाइएपनि सञ्चालनको उचीत व्यवस्थापन गर्न नसक्दा त्यहींभित्रैबाट संक्रमण फैलीने र थप जोखीम निम्तीने सम्भावना रहेको पाइएको छ ।

प्रदेश न ५ प्रदेश सभा प्रमुख सचेतक सुरेन्द्र हमाल नेतृत्वको टोलीले शनीबार नेपालगञ्ज, खजुरा र बैजनाथस्थित क्वारेन्टाइन र आइसोलेशनमा गरेको स्थलगत अवलोकनमा सो अवस्था देखीएको हो ।

महेन्द्र बहुमुखी क्याम्पस, लायन्स डेण्टलको आइसोलेशन, खजुराको सीमलघारी, वैजनाथको वरगदही, हसनापुर र ओरीलालपुरको क्वारेन्टाइनको अवलोकन गरिनुका साथै व्यवस्थापक, जनप्रतिनीधी तथा त्यहाँ आश्रीतहरुको समस्या सुनीएको थियो ।


क्वारेन्टाइन सरकारले जारी गरेको मापदण्ड अनुसार नहुनुका साथै क्षमताभन्दा बढि राखिएका कारण व्यवस्थापन पनि अनेकन समस्याहरु देखीएका छन् । केही क्वारेन्टाइनमा उचित शौचालय, खानेपानी लगायतको समस्या देखीएको छ ।

क्वारेन्टाइनमा रहेका व्यक्तिको स्वाब परीक्षण र रिपोर्ट आउनमा ढिलाइ भइरहेको गुनासो पनि छ ।
अवलोकन गरिएका मध्ये सीमलघारी क्वारेन्टाइनको अवस्था भने नाजुक रहेको पाइएको छ । ८२ जना रहेको सीमलघारीमा खाजा बाहेक खाना स्वयं ल्याउनु पर्ने भएपछि थप समस्या झेल्नु परिरहेको आश्रीतहरुको गुनासो छ । कतीपयले १४ दिन पुगीसकेपछि पनि रिपोर्ट नआएको भन्दै पीसीआर जाँचको माग पनि गरेका छन् ।

महेन्द्र बहुमुखी क्याम्पसमा चार सय ८६ जना, आइसोलेशनमा ११ जना रहेकोमा नेपालगञ्ज उपमहानगरपालिकाले व्यवस्थापन गरिरहेको छ । वैजनाथमा सञ्चालित क्वारेन्टाइन भने व्यवस्थित रहेको पाइयो । अवलोकन टोलीमा सांसद हमालसँगै अधिवक्ता,अधिकारकर्मी प्रहलाद बहादुर कार्की, सञ्चारकर्मी एवं सम्वादकर्ता शुक्रऋषि चौलागाई, सूचना अभियन्ता विश्वजित तिवारी रहनु भएको थियो ।

अवलोकन पश्चात हमालले क्वारेन्टाइन सञ्चालन र व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको बताउनु भयो । थप क्वारेन्टाइनको अवस्था अवलोकन गरेर सरकारको ध्यानाकषर्ण गराउने पनि हमालले प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।

क्वारेन्टाइन व्यवस्थापन बारेको सवालमा भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले संक्रमीतको संख्या बढदै गएकाले अब आइसोलेशन निर्माणमा जुटनु पर्नेमा जोड दिनु भयो ।

भर्खरै

सम्बन्धित खबर

Language »