मन मुटुहरु टुटाएर लाने
तिम्रा ती आवेग
हे! प्रकृति,
जुरे पहिरोले गर्दा टुहुरो भएको साइला दाइको आँसु तिमी संगै बगेको देखेर
अब त कहिले यसरी फेरि फर्कन्न जस्तो लागेको थियो ।
तर तिमी
यसरी नै फेरि फर्कियौ मेलम्चीको बाटो हुँदै,
र टुटायौ अर्को साइला दाईहरुलाई ।
बज्र लामा
2021/6/16
काठमाडौं