सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साईनो बहुउदेश्यीय सहकारी संस्थाकाे कलंकीमा शाखा विस्तार

काठमाडौ । काठमाडौ महानगरपालिका वडा नं. २२ न्युरोड पिपलबोट स्थित सञ्चालनमा रहेको साईनो बहुउदेश्यीय सहकारी संस्था लि.ले आफ्नो सदस्य सेवा केन्द्रको शुभारम्भ गरेको छ ।

संस्थाले शुक्रबारदेखी काठमाडौ महानगरपालिका वडा नं. १४ कलंकीमा सदस्य सेवा केन्द्रको बिधिवत रुपमा शुभारम्भ गरेको हो । सहकारी अभियान्त तथा काठमाडौ महानगरपालिका वडा नं १४ का वडाध्यक्ष शोभा सापकोटाको प्रमुख आतिथ्यतामा संस्थाले सेवा केन्द्रको औपचारिक रुपमा उद्घाटन गरेको हो ।

साईनो बहुउदेश्यीय सहकारी संस्था लि।को सेवा केन्द्रको उद्घाटन गर्दै वडाध्यक्ष सापकोटाले संस्थाको सिंगो टिमलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । शुभकामना व्यक्त गर्ने क्रममा वडाध्यक्षले पहिलेको जस्तो समुदायमा सहकारी प्रतिको दृश्टिकोण नभएको हुंदा सहकारी सञ्चालनमा कठिनाई रहेको कुरा व्यक्त गरे । सापकोटाले यस्ता चुनौतीहरुलाई चिर्दै साईनो बहुउदेश्यीय सहकारी संस्थाको सिंगो टिमले सहकारीको मुल्य, मान्यता र सिद्धान्त अनुसार अझ प्रगति गर्न हौसला व्यक्त गरेका थिए ।

२०५६ ५७ सालमा बिधिगत रुपमा दर्ता भइ सञ्चालनमा रहेको यस सहकारी संस्थाको सञ्चालक समितिका अध्यक्ष मेघ लामा तामाङ रहेको छ । सहकारी क्षेत्रमा धेरै लामो अनुभव बटुलेका अध्यक्ष तामाङ यस क्षेत्रमा निक्कै अनुभवी सहकारी अभियान्त हुन् । उनका अनुसार साईनो बहुदेश्यीय सहकारी संस्थाका शेयर सदस्यहरुलाई प्रभावकारी ढंगले थप सेवा दिने उदेश्यका साथ हालको लागी कलंकी सेवा केन्द्रको बिस्तार गरेका हुन् । यत्ति मात्र नभएर तामाङले पछिल्ला समयमा सहकारी संस्थाले आफ्नो कार्यक्षेत्र समेट्नु पर्ने बैधानीक व्यवस्थालाई समेत सम्बोधन गर्ने उदेश्यका साथ सेवा केन्द्रको शुभारम्भ गरेको बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »