सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साउदीको दमामबाट काठमाडौंका लागि हुने भनिएको आजको उडान स्थगित

काठमाडौं । कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरुलाई स्वदेश फिर्तीको लागि आज शनिबार तय भएको साउदीको दमामबाट काठमाडौंको लागि हुने भनिएको उडान स्थगित भएको छ ।

हिमालय एयरलाइन्स बाट हुने भनिएको दोस्रो उडानको तालिका परिवर्तन भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले दिएको जानकारी अनुसार नेपाल एयरलाइन्सले प्राविधिक कारण भन्दै जुन २० तारिख शनिबार उडान भर्न नसक्ने जनाएपछि उडान तालिका परिवर्तन गरिएको हो । शनिबार स्थागित भएको चार्टरउडान जुन २३ तारिखमा हुने भएको दूतावासले जनाएको छ ।

दूतावासका अनुसार तत्काल २५ सय भन्दा बढि नेपालीलाई स्वदेश फर्काउनु पर्ने अवस्था छ । रियादस्थित नेपाली दूताबास र जेद्दास्थित महावाणिज्य दूतावासबाट १० हजारभन्दा बढीले स्वदेश फर्कन पाऊ भन्दै फारम भरेका छन्। बिहीबार भएको पहिलो चार्टर उडानबाट १५३ जना नेपाली स्वदेश फर्किसकेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »