सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साउदी अरेबियाको नोटमा राखेको अन्तर्राष्ट्रिय सिमानामा भारतकाे आपत्ति

काठमाडौं । साउदी अरेबियाले आफ्नो बैंक नोटमा राखेको अन्तर्राष्ट्रिय सिमानामा भारतले आपत्ति जनाएको छ । भारतले बिहीबार साउदी अरेबियाको बैंक नोटमा राखिएको नक्सामा आपत्ति जनाउँदै त्यसमा सुधारको माग गरेको हो ।

गत साता साउदी अरेबियाले जारी गरेको २० रियालको नोटमा विश्वको नाक्सा छापिएको छ । उक्त नक्सामा जम्मु–कश्मीर र लद्दाखलाई भारतको हिस्साको रुपमा देखाइएको छैन । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले साउदी अरेबियासँगको यो विषयमा तत्काल सुधारात्मक कदम उठाउन आग्रह गरिएको जानकारी दिए । उनले केन्द्रशासित राज्य जम्मु–कश्मीर र लद्दाख भारतको अभिन्न अंग रहेको बताए ।

साउदी अरेबियाले जी–२० समुहको अध्यक्षतालाई संकेत गर्न नयाँ नोट जारी गरेको हो । अनुराग श्रीवास्तवले साप्ताहिक प्रेस कन्फ्रेन्समा भने, ‘हामीले बैंक नोट हेरेका छौँ, जसले भारतको बाहिरी क्षेत्रीय सीमालाई गलत तरिकाले प्रस्तुत गरेको छ ।’ साउदीले गत अक्टोबर २४ मा आफ्नो यो नोट सार्वजनिक गरेको हो ।

अन्य प्रतिवेदनअनुसार उक्त नोटमा पाकिस्तान प्रशासित कश्मीरको गिलगित–बाल्टिस्तान क्षेत्रलाई पनि पाकिस्तानमा देखाइएको छैन ।

स्रोत : बीबीसी

भर्खरै

सम्बन्धित खबर

Language »