सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साउदी अरेबियाबाट आएका भोजपुरका एक युवामा कारोना संक्रमण, संक्रमितको संख्या ४८ पुग्यो

धरान। भोजपुरमा पनि कोराना भाइरस (कोभिड–१९) का एक संक्रमित भेटिएका छन् । हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण भेटिएको प्रदेश १ सरकार स्रोतले बताएको छ ।

गत मंगलबार र्यापिड डाइग्नोष्टिक (आरडीटी) टेष्टमा पोजेटिभ देखिएपछि उनको बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आज गरिएको पीसीआरमा उनमा कोरना पुष्टि भएको हो ।

आरडीटी टेष्टमा पोजिटिभ आएसंगै उनलाई हतुवागढी गाउँपालिकाको घाडेटार स्थित स्वास्थ्य चौकीमा आइसोलेसनमा राखिएको र शुक्रबार विराटनगर लाने तयारी भइरहेका जिल्ला प्रशासन कार्यलय भोजपुरले जनाएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परीक्षणमा भोजपुरका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको डा. अधिकारीले जानकारी दिए।

उनी गत फागुन ३० गते साउदी आएका हुन् । यो पुष्टिसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ पुगेको छ। उनीहरुमध्ये १० जना उपचार गरेर घर फर्किसकेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »