सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साउनमा मात्रै सुनको भाउ तोलामा ५ हजार ७ सय रुपैयाँ वृद्धि

काठमाडौं । सुनको भाउ यो महिनामा मात्रै तोलामा ५ हजार ७ सय रुपैयाँ बढेको छ ।

साउन १ गते तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ अन्तिम दिन आज तोलाको ९८ हजार ४ सय रुपैयाँ पुगेको छ ।

आज हिजोको भाउमा तोलामा दुई सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ९८ हजार ४ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो महिना सुनको भाउले दैनिक जस्तै रेकर्ड बनायो । रेकर्ड बनाउने क्रममा सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको एक लाख तीन हजार पाँच सय रुपैयाँसम्म पुग्यो ।

अन्तर्राष्ट्रिय बजारमा नै सुनमा लगानीकर्ता आकर्षित हुँदा भाउ महँगो भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी यो महिना तोलामा ३ सय २० रुपैयाँ बढेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »