सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साउन ७ गतेबाट सबै सार्वजनिक यातायात सञ्चालन

काठमाडौं /०५ साउन ।
आफ्ना मागहरु सम्बोधन भएपछि यातायात व्यवसायी सरकारसँग खुशी भएको छ । योसँगै व्यवसायीले बिहीबारदेखि सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने भएका छन्

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ, महानगरीय ट्राफिक प्रहरी महाशाखा, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघबीच सोमबार भएको वार्तापछि यस्तो सहमति भएको हो ।

नयाँ सहमतिसँगै ७ साउनबाट सार्वजनिक यातायात चलाउन व्यवसायीहरु सहमत भएका छन् । तर उपत्यकाको हकमा तीन जिल्ला र बाहिरको हकमा जिल्लाभित्र मात्र चलाउन दिने निर्णय व्यवहारिक नभएको भन्दै व्यवसायीहरुले लामो र मध्यम दुरीका सबै सवारी साधनहरू सञ्चालन गर्न माग गरेका छन् ।

अब सार्वजनिक सवारीसाधन जोर गतेका दिन जोर र बिजोर गतेका दिन बिजोर नम्बरका मात्रै संचालन हुनेछ ।

यस्तैगरी यातायात मजदुरहरुको कोरोना बीमा गर्ने, मृत्यु भएमा दिइने क्षतिपूर्ति, यातायात श्रमिकका मास्क, स्यानिटाईजर, पन्जा, पीपीई, लगायतका विषयमा सहमति भएको हो ।

यसअघि मौद्रिक नीतिले यातायात व्यवसायीका अधिकांश माग सम्बोधन भएको र आजको छलफलले बाँकी माग पूरा गरेको भन्दै यातायात व्यवसायी सन्तुष्ट भएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »