सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साढे तीन महिनापछि गुड्न थाले सार्वजनिक यातायात

काठमाडौं / २६ असार
कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको करिब साढे तीन महिनापछि आर्थात आजदेखि सार्वजनिक यातायात गुड्न थालेका छन्।

सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो । सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरे पनि लामो दुरीको सवारी चलाउन अनुमति दिएको छैन ।

सरकारका प्रवक्ता, अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिनुभयो। सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सकिने छ ।

सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो । अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ । सिट क्षमता आधा मात्र प्रयोग हुने भएपछि भाडादर भने दोब्बर बढाइएको छ । अब सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »