काठमाडौँ। साताको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीकै मूल्य घटेको छ ।
हिजो (बिहिबार)को तुलनामा सुन तोलामा ३ सय रुपैयाँ र चाँदी १५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन बिहीबार ९६ हजार ८ सय रुपैयाँ प्रतितोलामा कारोबार भएकोमा आज ९शुक्रबार० ९६ हजार ५ सय रुपैयाँ प्रतितोला कायम भएको छ ।
यस्तै तेजाबी सुन प्रतितोला ९६ हजार रुपैयाँ रहेको छ ।
आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा १५ रुपैयाँले घटेर १३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ ।
बिहीबार चाँदीको मूल्य १३ सय २५ रुपैयाँ प्रतितोला थियो ।