सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सातै प्रदेशमा प्रहरी दिवस मनाइरहदा ४ लाख घुससहित प्रहरी हवल्दार पक्राउ

काठमाडाैँ। सातै प्रदेशमा प्रहरी दिवस मनाइरहदा बुटवलमा कार्यरत हवल्दार शिवचन्द्र सहानीलाई पक्राउ गरकाे छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले ४ लाख घुससहित इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत हवल्दार शिवचन्द्र सहानीलाई पक्राउ गरेको हाे।

हिरासतमा रहेका व्यक्तिलाई धरौटीमा छुटाउन सहयोग गरेवापत उनले घुस लिएको बताइएको छ ।

देशभर प्रहरी दिवस मनाइरहदा उनलाई शुक्रबार दिउँसो अख्तियारले समाएको हो ।

रुपन्देहीको सियारी–७ स्थित खनाल मिठाई पसलबाट हवल्दार सहानी र उनकी श्रीमती निर्मला केवटलाई अख्तियारले नियन्त्रणमा लिएको अख्तियार बुटवलले जनाएको छ ।

पक्राउ परेकामाथि थप अनुसनधान भइरहेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।

भर्खरै

सम्बन्धित खबर

Language »