प्रहलाद विश्वकर्मा
नेपालगंज,नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाद्वारा साथी पुस्र्थापना केन्द्रमा रहेका महिलाहरुलाई डिगनिटी वितरण गरिएको छ ।
वितरण कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख शोभा शाह नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका कोषाध्यक्ष राकेश बहादुर श्रीवास्तव, बरिष्ठ संगठन विकास अधिकृत निरञ्जना मल्ल र साथी पुनस्र्थापना केन्द्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
उक्त केन्द्रमा विविध कारणले समस्यामा परेका महिलाहरुलाई साथी संस्थाले कानुनी उपचार लगायत सहयोग गर्दै आएको छ ।
आश्रय लिएका महिलाहरुलाई सहयोग गर्नका लागि रेडक्रसलाई अनुरोध भई आए अनुसार नेरेसो बाँके शाखाले सो डिगनिटी किट उपलब्ध गराएको हो ।