सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साधना लघुवित्तद्वारा स्वास्थ्य सामाग्री बितरणको लागि आर्थिक सहयोग

काठमाडौं ।कोरोनाभाइरस(कोभिड–१९) को संक्रमण को जोखिमलाई मध्यनजर गर्दै साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले स्वास्थ्य सामाग्रीको लागि सहयोग गरेको छ ।

गोरखा जिल्लाको गोरखा नगरपालिका वडा नं ६ हरमटारीमा केन्द्रीय कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले सामरीटन ट्रष्ट, काठमाडौंलाई एकलाख स्वास्थ्य सामाग्री खरिदका लागि सहयोग गरेको हो ।

 स्वास्थ्य सामाग्री अति विपन्न, असहाय, अपाङ्ता र मजदुरका परिवारलाई केन्द्रीत गर्दै सामरीटन ट्रष्टले सेनिटाइजर, माक्स, साबुन र फेस सिल्ड निशुल्क वितरणको लागि सहयोग अपिल गरेकोले आर्थिक सहयोग गरेको साधना लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत रेशम न्यौपानेले बताए ।

वित्तीय संस्थाले सामाजिक उत्तरदायित्व निर्वाह गर्दै गरिएको यस सानो सहयोगले लक्षित समूदायको मनोवलमा थप योगदान पुग्ने विश्वास लिएको छ ।

 वित्तीय संस्थाले यस अघि पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गर्दै आइरहेको र आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने प्रमुख कार्यकारी अधिकृत न्यौपानेले बताए ।

भर्खरै

सम्बन्धित खबर

Language »