सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामाजिक अभियानमा निरन्तर भूमिका निर्वाह गर्दै रोटर्याक्ट क्लब अफ लमजुङ

सामाजिक अभियानमा महत्वपूर्ण विषय भनेको आफूले सकेको सहयोग गर्न कसले प्रयास गर्यो भन्ने हुन्छ। सफा मनले आफूले सकेको सहयोग सबैले गरे समाजमा कसैले अभावमा बाँच्नु पर्ने थिएन। माघ१७ गते बेसिशहर न.पा ३ मा त्यस्तै एउटा महत्वपूर्ण अभियान देखियो।

‘द आशा प्रोजेक्ट’ र ‘स्टार फाउन्डेसन नेपाल’को सहयोगमा रोटर्याक्ट क्लब अफ लमजुङले सदा झैं आफ्नो पहलमा बेसिशहरको यशोब्रम्हा माध्यामिक विद्यालयमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई पाेशाक, झाेला र कापि कलम वितरण गरेकाे छ ।विविध सामाजिक अभियानहरुमा निरन्तर भूमिका निर्वाह गर्दै आएको क्लबका अध्यक्ष लक्ष्मी श्रेष्ठकाे अध्यक्षतामा भएको उक्त कार्यक्रममा विद्यार्थीलाई सो सामाग्री वितरण गरिएको हाे । साे विद्यालयमा अध्ययनरत ५० जनालाई झाेला, ३८ जनालाई विद्यालयकाे निलाे स्विटर, ३ जनालाई ट्रयाकसुट, २ जनालाई ज्याकेट र सबै छात्राहरुलाई रिवन वितरण गरिएको छ । कार्यक्रममा करिव १०० जना विद्यार्थीलाई कापि कलम, साबुन, ब्रस र मन्जन वितरण गर्दै विद्यार्थीहरुलाई सफासँग हात धुने र दात माझ्ने तरिका समेत सिकाइएको थियाे । कार्यक्रममा क्लवका इत अफिसर मुकेश कुँवर, सदस्य रश्मि घिमिरे, सुनिल घिमिरे, मोनिका गुरुङ, घनश्याम तिवारी लगायतकाे उपस्थिति थियाे। 

‘स्वस्थ रहन जो कोहीलाई पनि सफा पानी आवश्यक हुन्छ। सफा पानी पिउन पाएमात्र विद्यार्थीहरु स्वस्थ रहन्छन् र शरीर स्वस्थ भएमात्र विद्यार्थीहरुलाई अध्यनमा रुचि हुन्छ। स्वस्थ विद्यार्थीले समयको ख्याल गरे उनीहरुको प्रगति निश्चित भएकोले साे अवसरमा आफूले विद्यालयलाई एउटा पानीको फिल्टर र भित्ते घडि समेत प्रदान गरेको क्लबकी अध्यक्ष लक्ष्मी श्रेष्ठले बताएकी छिन् ।

उक्त कार्यक्रममा बोल्दै विद्यालयका प्र ।अ सुर्य प्रसाद बरालले आर्थिक अवस्था कमजाेर भएका बालबालिकाहरुलाई जाडोको समयमा स्विटर लगायतका सामाग्री वितरण गरेकाेमा सबैलाई धन्यबाद दिए र यस्ता अभियानहरु देशका अन्य विकट क्षेत्रहरुमा पनि हुन सके कुनै विद्यार्थीहरुले कुनै पनि अभाव वा समस्या भोग्नु नपर्ने बताए।

भर्खरै

सम्बन्धित खबर

Language »