सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामाजिक कार्यमा वडा सदस्य – वली


नेपालगञ्ज, बाँकेको राप्ती–सोनारी गाउँपालिका २ का वडा सदस्य ज्ञानेन्द्र वली ( ज्ञानु)ले गाउँमा सरस्वती मन्दिर स्थापना गर्ने हुनुभएको छ ।

विगतमा तलबभत्ताको रकमबाट गाउँमा प्रतिक्षालय निर्माण, सडक निर्माण तथा मुर्ती स्थापना लगायतका कार्य गर्नुभएका वलीले अहिले फेरी अर्को पुण्यको कार्य सुरुवात गर्नुभएको हो ।

वलीले ब्यक्तिगत लगानीमा राप्ती सोनारी २ शम्शेरगञ्जमा रहेको दुर्गा भवानी माविमा सरस्वतीको मन्दिर स्थापना गर्न लाग्नुभएको छ ।

बिहिवार सरस्वती पुजाको दिन मन्दिरको शिलान्यास गरिएको छ ।

सो अवसरमा स्थानीय बासिन्दाले वडा सदस्य वलीलाई ब्यक्तिगत लगानीबाट गाउँमा सामाजिक कार्यलाई निरन्तरता दिएको भन्दै धन्यवाद ज्ञापन समेत गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »