सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामाजिक दुरी कायम गरेर मोहम्मद डे मनाउन राईको अपिल

सिराज खान
नेपालगन्ज, शुक्रवार धुमधामका साथ मनाइने मोहम्मद डे लाई सामाजिक दुरीका साथ सचेत रहेर मनाउन जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले अपिल गर्नुभएको छ ।


विहिबार बेलुकी नेपालगन्ज एफएम अनलाइनसंग कुरा गर्दै उहाँले कोभिड १९ महामारीबाट सचेत रहेर आफुलाई सुरक्षित राख्दै सबै चाडपर्व मनाउन नेपालगन्जवासीसंग अपिल गर्नुभयो ।


फैजुन्नबी जामा मस्जिद ईदगाह सञ्चालक समितिले शुक्रवार सामाजिक दुरी कायम गरेर भव्य जुलुस निकाल्ने घोषणा गरेकोले सोही बमोजिम सबैले सामाजिक दुरीका साथै स्वास्थ्यसम्बन्धि मापदण्डको पालना गरेर जुलुसमा सहभागि हुन उहाँले आग्रह गर्नुभयो ।


कोभिड १९ का कारण यो वर्ष मनाइने सबै चाडपर्वहरु प्रभावित भएको जनाउँदै उहाँले सचेतना, सुरक्षा र सरसफाईबाट मात्रै कोरोनालाई पराजित गर्न सकिने बताउनुभयो ।


हालै सम्पन्न भएको दसैं लगायतका अन्य चाडपर्वमा देखिएको सदभाव र सामाजिक एकतालाई मोहम्मद डे मा पनि सबैले कायम राख्न अध्यक्ष राईले अनुरोध गर्नुभयो ।


उहाँले केन्द्र र प्रदेश सरकारले विदा नदिएपनि स्थानीय सरकारले मोहम्मद डे लगायतका सबै धर्मावलम्बीका चाडपर्वहरुमा विदा दिनुपर्ने कुरामा जोड दिंदै नेपालगन्ज उपमहानगरपालिकालाई शुक्रवार विदा घोषणा गर्न माग गर्नुभयो ।


मुस्लिम समुदायद्धारा शुक्रवार विदा माग
मोहम्मद डे का दिन शुक्रवार विदा दिन स्थानीय सरकारसंग बाँकेका अधिकांश मुस्लिमहरुले माग गरेका छन् । जिल्ललाका अधिकांश अगुवाहरुले केन्द्र र प्रदेश सरकारले विदा नदिएपनि स्थानीय सरकारले दिनु पर्ने कुरामा जोड दिएका छन् ।


यसैविच प्रदेश २ सरकारले मोहम्मद डे को अवसरमा शुक्रवार सार्वजनिक विदा दिएको छ ।
नेपालगन्ज लगायत बाँके जिल्लाका अधिकांश मुस्लिम तथा अन्य समुदायका अगुवाहरुले समेत शुक्रवार विदा दिन स्थानीय सरकारसंग आग्रह गरेपनि यो समाचार तयार पारुन्जेल उपमहानगरपालिकाले सो बारेमा कुनै निर्णय गरेको छैन ।

भर्खरै

सम्बन्धित खबर

Language »