सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामाजिक सञ्जालमा धार्मिक र सामाजिक सदभाव विगार्ने सामाग्री सम्प्रेषण गर्नेलाई कारवाहीको माग-मोहम्मद इरफान

नेपालगन्ज, सामाजिक संजालमा धार्मिक द्धन्द फैलाउने गरी निरन्तर तथ्यहिन र भ्रामक सामाग्रीहरु सम्प्रेषण गर्ने कार्यहरु भैरहेपनि सम्बन्धित निकायले कुनै कारवाही नगरेकोले सदभावमा खलल् पर्न सक्ने देखिएकोले त्यसतर्फ तत्काल ध्यान दिन आग्रह गर्दै नेपालगन्जका एक युवाले प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण गराउँदे निवेदन पठाउनु भएको छ ।


नेपालगन्ज १५ का मोहम्मद इरफानले मंगलवार बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्कालाई निवेदन पठाएर केही व्यक्तिहरूले सामाजिक संजालमा धार्मिक द्धन्द फैलाउने गरी निरन्तर तथ्यहिन, भ्रामक समाग्रीहरु सम्प्रेषण गरीरहे पनि स्थानीय प्रशासनले त्यस्ता व्यक्तिमाथि कुनै निगरानी पनि नगरेको र कारवाही पनि नगरेको देखिएकोले तत्काल त्यसतर्फ ध्यान दिनु पर्ने माग गर्नु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँके, वडा प्रहरी कार्यालय नेपालगन्ज र नेपालगन्ज उपमहानगरपालिकालार्ई बोधार्थ पठाईएको सो ध्यानाकर्षण पत्रमा हेलो सरकार, नेपाल प्रहरी र जिल्ला प्रहरी कार्यालय बाँके जस्तो निकायमा सामाजिक संजाल मार्फत यस्तो गुनासोको कुनै सुनवाई हुन नसकेकोले ।

अब स्थानीय प्रशासन ऐन २०२८ र विधुतिय कारोबार ऐन २०६३ को प्रयोग गरेर कारवाही गर्नु पर्ने माग गरिएको छ ।

गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, केन्द्रिय साइबर व्यूरो र हेलो सरकारलाई समेत इमेल गरेर पठाईएको सो ध्यानाकर्षण पत्रमा अहिलेको जटिल परिस्थितिमा थप संयमता अपनाएर सदभावलाई विग्रन नदिन सबैसंग आग्रह पनि गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीलाई पठाईएको निवेदमा अगाडी भनिएको छ–स्वास्थ्य मन्त्रालयले २५० वटा किट मात्रै पठाएको छ तर यहाँ संक्रमित संगै ट्रेसिंगहरू पनि धेरै देखिएका छन र सबैको चाडै जाँच गर्नु अति आवश्यक छ ।

सो संन्धर्भमा तपाईले नै सम्माननीय प्रधानमंत्री ज्यूलाई पत्र लेखेर यहाँको स्थितिलाई अवगत गराउनुका साथै विशेष पहलको लागी पनि अनुरोध गर्दछु । आशा छ यस विषम परिस्थितिमा तपाईले विशेष भुमिका खेल्नुहुनेछ र मेरो निवेदनलाई संम्बोधन गर्नु हुनेछ ।

भर्खरै

सम्बन्धित खबर

Language »