- डी.बि. पराजुली
सामाजिक सेवा एउटा यस्तो शब्द हो ,जसले जिवनको वास्तविक परीचय लाई जिवन्त बनाउने भुमिका निर्वाह गरीरहेको हुन्छ । परीवर्तित समयअनुसार मानिसमा भएको क्षमताको बिकसित रुपमा परीभाषित सामाजिक सेवाको बिषयमा बहस गर्नू आजको आवस्यकता महसुस भईसकेको छ। यो बिषयमा बहस गर्नू पुर्व निजि सम्पति ,सामाजिक संरचना र राज्य सत्ताको उत्पतिबारे बुज्न जरुरी छ ।
जंगलि तथा ढुंगे युगको आदिम साम्यवाद बाट शुरु भएको समाज बिकासक्रम आजको उच्च वैज्ञानिक युग सम्म आईपुग्न धेरै आरोह अबरोह पार गरेको छ । यिनै आरोह र अबरोहको बिचमा समाज ,निजि सम्पति,र राज्य सत्ताको उत्पति तथा बिकास भएको हो।
ईतिहाँसको कालखण्डमा शक्तिको केन्द्रविन्दुमा रहेर समाज ,निजि सम्पति र राज्य सत्ताको बिकास भएको देखिन्छ । त्यसको प्रभाव अहिले सम्म पनि जस्ताको तस्तै छ । शुरुमा सिमित ब्यक्तिहरुको मातहतमा रहेको निजि सम्पति र राज्यसत्ताको शक्ति बिभिन्न राजनैतिक तथा सामाजिक बिद्रोहले केहि हद सम्म नागरिकको पहुँचमा ल्याउन सफल भएपनि पुनः केहि ब्यक्ति र संस्था हरुको अण्डरमा जान सक्ने निश्चित प्राय भई सकेको छ ।
वर्ग विभेद बाट शुरु भएको समाजको बिकास ,वर्ग समानता तिर जानु त कताहो कता वर्गिय खाडल बढेर सामाजिक यूद्धको चरित्र बोक्ला भन्ने डर बढ्दै गईरहेको छ । यस्तै बिभिततापुर्ण चरित्र बोकेको समाजलाई ब्यबस्थित बनाउने कार्यमा लाग्ने ब्यक्तिहरुलाई सामाजिक अभियन्ताको रुपमा चित्रण गर्न सकिन्छ।
जुन रुपमा सामाजिक अभियन्ताको परिभाषा र कार्य हुनु पर्नेहो हाल त्यो भने हुननसकेको अनुभुत गर्नथालिएको छ । निजि सम्पति ,निजि स्वार्थ र राज्य सत्ताको मोह सहित गरिने कथित समाजसेवाले अन्ततः समाजलाई त्यहि शक्तिकेन्द्रमा लगेर बुझाउने निश्चित छ।
यदि साँचिकै परिवर्तको लागि सामाजिक यात्रा तय गर्ने हो भने त्यसको अनिवार्य शर्तको रुपमा रहेको त्याग र ईमान्दारितालाई भने भुल्नु हुँदैन । अहिले विश्वब्यापि रुपमा देखिएको सामाजिक कार्यको प्रश्न नै यसमै अल्झिएको पाईन्छ । सामाजिक सेवाको नाममा खर्च भएको रकमको श्रोत खुलेको नदेखिने तथा , त्यसको लगानिको लक्ष्य निजि स्वार्थ र राज्य सत्ता प्राप्तिको लागि भएको देखिन थाले पछि मानविय समवेदना समेत शक्ति प्राप्तिको को साधन बनेकोमा वास्तविक सामाजिक परिवर्तनका पक्षधर हरु चिन्तित देखिन थालेका छन्।
पछिल्लो समय सजिलै सामाजिक संजालमा भाईरल बन्नको लागि सामाजिक कार्यमा लाग्नेहरुको संख्या उल्लेख्य मात्रामा बढेको देख्न सकिन्छ । सामाजिक रुपान्तरणको लक्ष्य बिहिन सामाजिक कार्यले तिनै सत्ताका वरिपरि घुम्ने हरु बाहेक कसैलाई पनि फाईदा पुगेको देखिदैन।
सामाजिक कार्यको बहनामा गैह्रकानुनि रकमको चलखेल लाई रोक्दै सामाजिक रुपान्तरण सहितको राज्य नियन्त्रित संयन्त्रबाट सामाजिक स्वयंसेवकको परिचालन आजको आवश्यकता हो। अहिले चलि रहेको प्रतिश्प्रधा मुखि अभियान हरुले सामाजिक द्धन्द निम्त्याउन सक्ने खतरा प्रति हामि सबै सचेत हुन जरुरी छ ।
राज्य संयन्त्रको अधिन र दिर्घकालिन संगठन भन्दा बाहिर रहेका अभियानले अन्ततः सामाजिक द्धन्द निम्त्याउने खतरा कायमै रहन्छ ।