सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामुदायिक विद्यालयको छट्के अनुगमन २५ शिक्षक अनुपस्थित, बैशाखदेखि नै छैन हाजिरी


डिल्ली शाही
कोहलपुर, बाँकेको कोहलपुर नगरपालिकामा सामुदायिक विद्यालयमा २५ जना शिक्षक अनुपस्थित र बैशाखदेखि नै हाजिरी नभएको भेटिएको छ । सोमबार नगर प्रमुख पूर्ण प्रसाद आचार्यले सामुदायिक विद्यालयमा छट्के अनुगमन गर्न जाँदा यस्तोे भेटिएको हो । कोहलपुरमा सामुदायिक विद्यालयमा विभिन्न समस्या बढिरहेको भन्दै जन गुनासाहरु आएपछि नगर प्रमुख सहितको टोली अनुगमन गएका थिए ।
अनुगमनमा बैशाखदेखि शिक्षकहरुको हाजिरी गरेका छैनन । २५ जना शिक्षक अनुपस्थिति थिए भने ७ वटा कक्षा कोठामा शिक्षक नै थिएन ।


‘एउटा नमूना विद्यालयमा यति धेरै कमी कमजोरी भेटियो भने अन्य विद्यालयको अवस्था कस्तो होला ?’ नगर प्रमुख आचार्यले प्रश्न गरे ? ‘आज दोस्रो दिन हो, कुन दिन कुन विद्यालयमा जाने, के गर्ने, कसरी जाने भन्ने विषयमा मलाई मात्र थाहा हुन्छ, उनले भने, ‘पहिलो चरणमा नेपाल सरकारले दिएको रकमको सहि सदुपयोग भएको छ या छैन भनेर हेर्छौ ।’ त्यसपछि कारवाहीको काम सुरु गर्ने आचार्यले बताए । अचार्यले आफु पढेको विद्यालय अहिले कोहलपुरको नमूना विद्यालय भएको छ । यो खुसीको कुरा हो, तर नमूना विद्यालयबाट अन्य विद्यालयहरुले अनुयाई हुने किसिमको वातावरण बनाउनुपर्ने बताए ।


यस्तै कक्षामा नियमति विद्यार्थी र शिक्षक उपस्थिति, शौचालय, विद्यालय क्षेत्र र कक्षा कोठामा सरसफार्ई, बत्ति पानीको व्यवस्था, शिक्षकको विदा र हाजिरी, बगैचा र खेल मैदान व्यवस्थित गर्नु पर्ने, विद्यालयले कुनै पनि निर्णय गर्दा नगर शिक्षाको नीति पालना गरेर गर्नुपर्ने र इलेक्ट्रोनिक्स हाजिरिलाई नियमित प्रयोग गर्नुपर्ने जस्ता अनुगमन पश्चात विद्यालयलाई सुझाव दिइएको छ ।
यस्तै विद्यालयका प्रधानध्यापक देवका थापाले बैशाखदेखि हाजिरी नभएको विदामा भएर होला, आज कतिपय शिक्षकहरु आएपनि हाजिरी नलगाई अध्यापन गराउन जानुभएको छ भने कति आउनुभएको छैन भनेर उत्तर दिनुभएको कोहलपुर नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख मिजारले बताए ।
अनुगमा जाँदा एउटा कक्षा कोठामा शिक्षकले लेखेको अंग्रेजी शब्दहरु नै गतल भेटियो । उनी एक स्थायी शिक्षक हुन् । बोर्डमा लेखेका अंग्रेजी शब्दहरु गलत थिए । गलत मैले गतल भनिन्, तर स्वम् विद्यार्थीले नै गलत भनेको मिजारले भने । तर विद्यार्थीहरुलाई सोधेपछि विद्यार्थीले भने सहि उत्तर दिए ।


‘कोहलपुरको नमूना विद्यालयका शिक्षकले अध्यापन गराएको देख्दा निकै दयनिय जस्तो लाग्यो,’ उनले थपे, ‘यसलाई सुधार गर्नका लागि के—के अभियान सञ्चालन गर्नुपर्ने हो त्यसको खोजी पर्ने देखिएको छ ।’ अहिले सुझाव मात्र दिएर आएका छौं, फेरी अनुगमनमा यस्तै भेटियो भने नगर प्रमुखको आदेश अनुसार कारवाहीको भागेदारी बन्ने मिजारले बताए ।
यस्तै समाजिक विकास समिति संयोजक ईश्वरी प्रसाद बिश्वकर्माले नेपाल सरकारले शिक्षामा अरबैं लगानी गरेको छ तर त्यसको प्रतिफल प्राप्त गर्नका लागि निकै संघर्ष गर्नुपर्ने बताए ।
‘अनुगमनमा देखिएका विभिन्न समस्याका कारणले अझै केही वर्ष सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा दिन सकिदैन की भन्ने चिन्ता बढेको छ,’ उनले भने, ‘तर कोहलपुर नगरपालिकामा हरेह हप्ता, महिना, वर्षमा प्रत्येक विद्यालयमा अनुगमन जानेछौं ।’
कोहलपुर नगरपालिकामा शिक्षा क्षेत्रमा नगरपालिकाको विशेष चासोका साथ निति तथा कार्यक्रम अनुसार अगाडि बढिरहेको समाजिक विकास समिति संयोजक बिश्वकर्माले बताए । सो अनुगमनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विर वहादुर विष्ट समेत रहेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »