सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई नि: शुल्क साइकल वितरण

डिल कुमारि नेपाल
चितवन। भरतपुर महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गर्ने छात्रालाई नि: शुल्क साइकल वितरण गनुभएकाे छ । अपठेरामा परेका महिलाहरूसँग मेयर कार्यक्रम अन्तर्गत (आज) सोमबार महानगर भित्र रहेका छ वडाका १६२ जना छात्रालाई साइकल वितरण गनुभयाे ।

भरतपुर महानगरपालिका वडा नं. २६ मा रहेको आदर्श माध्यमिक विद्यालय दिव्य नगरमा आयोजित साे कार्यक्रमा दोस्रो चरणमा वडा नं. १७, २४, २५, २६, २७ र २८ नम्वरका विद्यालयका छात्रालाई महानगर प्रमुख रेनु दाहालबाट अाज साईकल दिनुभएकाे हाे ।महानगर भित्रका विपन्न, गरिब र जोखिममा परेका परिवारका छात्रालाई शिक्षामा निरन्तरता दिनको लागि उहाँले साइकल वितरण गरेकाे बताउनु भयाे।दाहालले दैनिक ज्यालादारी काम गरि खाने परिवारका छात्राहरु, टाढा टाढाबाट विद्यालय अाउदा छात्राहरुलाई सजिलाेहोस्, भनी छात्रालाई नियमित विद्यालय जानका लागि उत्प्ररित हुन् भन्ने उद्श्यले साइकल वितरण गरेकाे बताईन् ।महानगरपालिका भित्रका विभिन्न वडाका विद्यालयका ३३० जना छात्रालाई क्रमशः साइकल वितरण गरिनेमा आज १६२ जनालाई वितरण गरिएको महानगर प्रमुख प्रशासकिय अधिककृत प्रेम राज जोशिले जानकारि दिनुभयाे।

महानगरले यस भन्दा पहिला भरतपुर वडा नं. १३,१४,२२, २३ र २४ नम्वरका १७ विद्यालयका १३५ छात्रालाई साईकल दिईसकेकाे छ।हालसम्म महानगरले २९६ वटा साइकल वितरण गरेको हाे।उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रवक्ता अरुण पीडित भण्डारी, वडाध्यक्षहरु,र विद्यालयका प्रधानाध्यापकहरु लगायतका बरिस्ठ माहानुभावहरुकाे उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »