सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

साम्राज्ञीले भुवनविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने

काठमाडौं । अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले कलाकार/निर्माता भुवन केसीविरुद्ध गाली बेइज्जती मुद्दा हाल्ने बताएकी छन् ।

भुवनसँगै प्रोडक्सन म्यानेजर गणेश सापकोटविरुद्ध पनि मुद्दा हाल्ने उनको भनाई छ । साम्राज्ञीलाई फिल्मक्षेत्र भित्रैबाट भने असाध्यै कम साथ मिलिरहेको छ ।

भुवनको निर्देशन र साम्राज्ञीको अभिनय रहेको फिल्म ‘ड्रिम्स’का प्रोडक्सन म्यानेजर सापकोटाले केही दिनअघि एक युट्युब च्यानलसँगको अन्तर्वार्तामा साम्राज्ञीलाई ‘रक्सी र नशालु पदार्श खुवाएको’ बताएका थिए ।

यो अन्तर्वार्ता भुवनले पनि फेसबुकमा सेयर गरेका थिए । यसबाहेक भुवन र उनका वरपरका मान्छेहरुले आफूमाथि सामूहिक हमला गरिरहेको साम्राज्ञीको भनाइ छ ।

उनीहरुले घीनलाग्दो तरिकाले आफूमाथि जाइ लागेको साम्राज्ञीको भनाइ छ ।

साउन ९ गते केसीले साम्राज्ञीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दायर गरेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »