सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सारा खबरकाे पहलमा राहत वितरण

काठमाडाैँ । कोभिड १९ कोरोना भाइरसको कारणले यत्तिबेला विश्वलाई नै लकडाउनमा राखेको छ । नेपाल पनि लकडाउनमा नै छन् । अहिले लकडाउनसँगै भोकको त्रासले सबैलाई सताउन थालेको छ ।

नेपाल र भारतबीच सिमाना विवाद छ तापनि नेपाल र भारत बीचकाे भाइचारा संबन्ध टुटेकाे छैन । हजाराैं नेपालीहरू लकडाउनमा भारतीय भुमिमा फसिरहेका छन् भने हजाराैं भारतीय नागरिक नेपालमा पनि फसिरहेका छन् ।

सारा खबर पब्लिकेशन प्रालि र काेभिड-१९ विरूद्ध नागरिक अभियानकाे संयुक्त पहलमा कुनै देशका नागरिक नेपाली भुमिमा भाेकै बस्न नपराेस् भन्ने उदेश्यका साथ राहत वितरण अभियान संचालन गरेकाे छ ।

विभिन्न संघ संस्था, व्यक्तिले सकेकोे राहत वितरण गर्ने कार्य भइरहेको छ भने नेपाल सरकारले पनि समय समयमा राहत वितरण गरिरहेको छ ।

काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं. ४ को खोला छेउको बस्तीमा रहेको १० घर भारतीय परिवार र दैनिक मज्दुरी गरिहेका पाँच नेपाली, एक विद्यार्थी र एक सुत्केरी परिवार गरी १८ परिवारलाई सारा खबर डट्कमले राहत वितरण गरेको हाे ।

समाज सेवी तथा व्यवसायी अनिता लामा, तामाङ चलचित्र म्हारमेनका निर्माता, व्यवसायी तथा समाजसेवी विनोद लामा, समाजसेवी राजकुमार भण्डारी, ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौँका महासचिव राजुलाल श्रेष्ठ, कोरोना विरुद्ध नागरिक अभियानको सहयोगमा यो राहत वितरण गर्न सफल भएको हो । तामाङ कलाकार सुर्य थिङ (माइकल)ले सारा खबरलाइ साे स्थानकाे बारेमा जानकारी दिए पश्चात याे अभियानले मुर्तरूप लिएकाे हाे ।

यसरी नै सारा खबरले हाल अमेरीकामा रहेका संग्राम सिं तामाङको सहयोमा असाहय, दैनिक मजदुरी गर्ने परिवार, गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई समेटेर करिव १० परिवारलाई पनि राहत वितरण गर्ने भएको छ ।

कोभिड १९ विरुद्ध नागरिक अभियानका संयोजक तथा प्रगतिशील नागरिक मंचका अध्यक्ष रविन्द्र कुमार श्रेष्ठको भनाई भने यस्तो छ । (भिडियाे हेर्नु हाेला )

तारकेश्वर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नरेन्द्र दास श्रेष्ठसँग सहकार्य गरी वडा सदस्य अर्जुन घिमिरेको उपस्थितिमा भारतीय नागरिक सहित नेपाली परिवारका लागि राहत वितरण गरेको थियो । वडा नं. ४ को अवस्था कस्तो छ त ? वडा अध्यक्ष श्रेष्ठको भनाई भने यस्तो छ ।

भिडियाे हेर्नु हाेला ।

भर्खरै

सम्बन्धित खबर

Language »