सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सार्वजनिक गाडी सञ्चालनबारे व्यवसायी अझै अन्यौलमा

काठमाडौं / २६ असार
सरकारले सम्बन्धित जिल्ला भित्र सार्वजनिक गाडी चलाउने निर्णय गरे पनि यातायात व्यवसायी र यात्रु अझै अन्यौलमा छन्।

सरकारले एकपक्षीय निर्णय गरेको र अहिले नै गाडी चलाउने अवस्था नरहेको व्यवसायीको भनाइ छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले गाडी कहिलेदेखि चलाउने भन्नेबारे आज बैठक गरेर निर्णय गर्ने जानकारी दिनुभयो ।

साढे तीन महिनासम्म ग्यारेजमा राखिएका गाडी अहिले नै चलाउन सक्ने अवस्थामा नरहेको र स्वास्थ्य सम्बन्धी मापदण्डबारे पनि स्पष्ट नभएको उहाँको भनाइ छ ।

तर सरकारले निर्णय गरेलगत्तै फाट्टफुट्ट सार्वजनिक गाडी भने चल्न थालेका छन् । काठमाडौं सहित केही जिल्लामा फाट्टफुट्ट गाडी चल्न थालेका ट्राफिक प्रहरीले जनाएको छ । ट्याक्सी भने पहिलेदेखि नै चल्न थालेका थिए ।

सरकारले हिजो काठमाडौं, ललितपुर र भक्तपुरभित्र तथा बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र चल्न पाउने गरी सार्वजनिक गाडी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

\

भर्खरै

सम्बन्धित खबर

Language »