सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सार्वजनिक यातायात खुल्ने कुरा अझै अन्योल,भएन ठोस निर्णय

काठमाडौं / २९ असार।
सरकारले काठमाडौं उपत्यकाभित्र तीन जिल्ला र अन्य जिल्लामा सम्बन्धित जिल्लाभित्र हुने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न अनुमति दिए पनि व्यवसायीले विभिन्न माग राखेर सार्वजनिक यातायात खोल्न मानेका छैनन् ।

सार्वजनिक सवारी साधन खोल्ने विषयमा आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र व्यवसायीबीच छलफल भए पनि कुनै ठोस सहमति हुन सकेन ।

यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले छलफलमा व्यवसायीका समस्यामा मन्त्री, सचिव र विभागका महानिर्देशसँग राखेको जानकारी दिए।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री वसन्त नेम्वाङ, मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशकलगायत सहभागी छलफलमा व्यवसायीले जहाज चलाउँदा पाइलटलाई कोरोना लाग्छ भने बस चलाउँदा पनि चालक परिचालकलाई कोरोना लाग्ने भएकाले यस्ता विषयमा सरकारले सहजीकरण गर्नुपर्ने माग राखेका थिए ।

भर्खरै

सम्बन्धित खबर

Language »