सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सार्वजनिक यातायात खोल्न माग गर्दै यातायात व्यवसायीेद्धारा विभागमा धर्ना

काठमाडौं। यातायात व्यवसायीले मंगलबार यातायात व्यवस्थापन विभाग अगाडि धर्ना दिएका छन । सरकारसँग सार्वजनिक यातायात सेवा तत्काल खोल्न माग गर्दै धर्ना दिएका हुन ।

लामो समयदेखि बन्द रहँदै आएको सार्वजनिक यातायात सेवा छोटो दुरीका साथै अन्तरजिल्ला, प्रदेश यातायात सेवा समेत खोल्न व्यवसायीले माग गरेका छन्।

विभागका महानिर्देशक गोगनकुमार हमाललाई सार्वजनिक यातायात केन्द्रीय महासंघको नेतृत्वमा आन्दोलित व्यवसायीले ८ वुँदे मागपत्र समेत बुझाएका छन् ।

कोभिड–१९ का कारण लामो समयदेखि यातायात सेवा ठप्प हुँदा व्यवसायी गम्भीर संकटको अवस्थामा पुगेको र आवश्यकताका आधारमा सरकारले व्यवस्थापन गरेको होल्डिङ्ग सेन्टरबाट संचालित सिमित निजी सवारी सधानले समेत सहज सेवा दिनुको साटो उल्टो थप जटिलता ल्याउने काम गरेको भन्दै तत्काल सार्वजनिक सवारी साधन संचालनमा ल्याउन महासंघले माग गरेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »