सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सार्वजनिक यातायात सञ्चालन नभए मजदुरले आन्दोलन गर्ने

काठमाडौं / असार २४
यातायात मजदुरले सार्वजनिक यातायातका साधन सञ्चालन नभए आन्दोलन गर्ने भएका छन् । बुधबार प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा यातायात मजदुरले रोजीरोटीका लागि अब आन्दोलन गर्नुको विकल्प नभएको बताएका छन ।

यातायात मजदुरले गाडी चलाउनुपर्ने आवाज उठाउन थालेपछि समितिले बुधबार मजदुर प्रतिनिधिसँग छलफल गरेको थियो । छलफलमा भीमज्वाला राईसहितका करिब १५ जना यातायात मजदुर नेताहरु सहभागी थिए । उनीहरुले रोगले भन्दा भोकले मर्ने अवस्था आएको भन्दै अब चुप लागेर नबस्ने चेतावनी पनि दिए ।

लकडाउनको अवधिको बैंकको ब्याज र सरकारले लिने कर मिनाहा हुनुपर्ने, चिकित्सकसरह यातायात मजदुर (चालक र सहचालक) लाई कोरोना बिमा, स्वास्थ्य सामग्री दिनुपर्ने, नयाँ भाडादर निर्धारण गर्नुपर्ने, विद्यार्थी र बृद्धबृद्धालाई दिँदै आएको भाडा छुट रोक्नुपर्ने उनीहरुको माग छ ।

सरकारले कोरोना महामारी नियन्त्रणका लागि चैत ११ गते लकडाउन गरेदेखि सार्वजनिक यातायात बन्द छन् । जेठ अन्तिममा लकडाउन खुकुलो बनाई अरु व्यवसाय खोल्न दिए पनि सार्वजनिक यातायातसहित केही व्यवसाय अझै बन्द छन् ।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईका अनुसार सार्वजनिक यातायात नचल्दा ११ लाख मजदुर बेरोजगार भएका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »